१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सत्र हजार मेगावाट विद्युत् बिक्री गर्न निजी क्षेत्र तयार

सत्र हजार मेगावाट विद्युत् बिक्री गर्न निजी क्षेत्र तयार
अ अ+ अ-

काठमाडौं । सरकारले अनुमति दिएको खण्डमा निजी क्षेत्रले भारत र बङ्गलादेशलाई करीब १७ हजार मेगावाट बराबरको विद्युत् बिक्री गर्न सकिने जनाएको छ । आन्तरिक रुपमा नै उद्योग स्थापना गरी विद्युत् खपत बढाएको खण्डमा स्वदेशमा नै विद्युत् उपलब्ध गराउन सकिने र त्यसो नभएको खण्डमा भने विदेशमा बिक्री गर्न सकिने निजी क्षेत्रको भनाइ छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का अनुसार विद्युत् खरीद सम्झौता नभएका तर निर्माणमा जाने तयारीमा रहेका आयोजनाको क्षमता पाँच हजार ५५७ मेगावाट रहेको छ । यस्तै निजी क्षेत्रले अनुमति लिई अध्ययनमा रहेका आयोजनाको क्षमता ११ हजार २८९ मेगावाट रहेको छ ।

सरकारी कम्पनी तथा निजी क्षेत्रले हाल निर्माण गरिरहेका करीब पाँच हजार मेगावाट क्षमताका आयोजना पूर्णरुपमा सञ्चालनमा आउँदा तत्कालका नेपालको माग सम्बोधन गर्न सकिने भएकाले त्यसबाहेकका अन्य आयोजनाको विद्युत् बिक्रीका लागि उनीहरुले आग्रह गरेका हुन् ।

आगामी आर्थिक वर्षभित्र कूल एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप हुनेछ । हालसम्म एक हजार १७० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध छ । आगामी आवमा एक हजार मेगावाट विद्युत् थप हुँदा आन्तरिक रुपमा नै दुई हजार १७० मेगावाट बराबरको विद्युत् उपलब्ध हुन्छ । सरकारले तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य निर्धारण गरेको छ ।

यस्तै दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरिएको छ । विसं २०७५ देखि २०८५ सम्मलाई सरकारले ऊर्जा दशकका रुपमा घोषणा गरेको छ । इपानका अनुसार हाल निजी क्षेत्रले दुई हजार ५८२ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा छन् । यस्तै दुई हजार ९१० मेगावाट क्षमताका आयोजना विद्युत् खरीद सम्झौता भई निर्माणमा जाने तयारीमा छन् ।

हाल नेपालको कूल विद्युत् माग एक हजार ३०० मेगावाट रहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रत्येक वर्ष विद्युत् माग १० प्रतिशतले वृद्धि हुँदै गएको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले आन्तरिक रुपमा नै विद्युत् खपत नहुने अवस्थामा निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बजार खोज्ने लक्ष्यका साथ आफूहरुले पहल गरेको बताउनुभयो ।

इपानको प्रतिनिधिमण्डलले यही असार ३ देखि ५ गतेसम्म क्षेत्रीय ऊर्जा व्यापारको सम्भाव्यता तथा कार्यान्वयनबारे छलफल गर्न भारतको भ्रमण गरेको थियो । सोही भ्रमणका क्रममा भारतीय अधिकारीले नेपालको सरकारसँगै निजी क्षेत्रसँग समेत मिलेर जलविद्युत् क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेको जानकारी दिँदै अध्यक्ष गुरागार्इंले सरकारले अनुमति दिएको खण्डमा आफूहरु पनि विद्युत् व्यापारका लागि तयार रहेको जनाएको बताउनुभयो ।

नेपालमा जलविद्युत्को कूल ८३ मेगावाट क्षमता भएपनि सम्भाव्य रुपमा ४३ हजार मेगावाट निर्माणमा लागि उपयुक्त देखिएको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा आएको परिवर्तनका आधारमा क्षमतामा अझै वृद्धि हुन सक्ने देखिएको छ ।

भारतीय पक्षले नेपालको निजी प्रवद्र्धकले अध्ययन तथा विकास गरिरहेका आयोजनाका सम्बन्धमा चासो व्यक्त गरेको जानकारी दिँदै उहाँले नेपालको जलविद्युत् भारतको बजारका सामु एउटा नयाँ सम्भावनाका रुपमा प्रस्तुत भएको छ । भारतीय पक्षले नेपालको जलविद्युत् भारतीय ऊर्जा बजारका लागि खुला रहेको आफूहरुसँगको भेटमा जानकारी गराएको इपानका उपाध्यक्ष कुमार पाण्डेले बताउनुभयो ।

नेपालका धमाधम आयोजना निर्माण भइरहेको सन्दर्भमा प्रसारण लाइन सहज रुपमा निर्माण भएको खण्डमा विद्युत् व्यापारका लागि भाँैतारिनु नपर्ने अवस्था आएको पाण्डेको भनाइ छ । भारतीय ग्रिडमा उत्पादन मिश्रणमा जलविद्युत्ले जम्मा १४ प्रतिशत मात्रै हिस्सा रहेको छ । त्यो हिस्सालाई बढाएर २५ प्रतिशतसम्म पुर्याउने लक्ष्य राखेको छ । नवीकरणीय तथा अन्य ऊर्जाको मात्रा २२ प्रतिशत रहेको छ । भारतीय ग्रिडलाई समेत सन्तुलनमा ल्याउन नेपालको जलविद्युत् उपयुक्त हुने आफूहरुलाई बताएको ऊर्जा उद्यमी आशिष गर्गको भनाइ छ ।

त्यस्तै विद्युत् व्यापार गर्ने लक्ष्यका साथ निजी क्षेत्रले हालै मात्र नेपाल पावर एक्सचेञ्ज लिमिटेड स्थापना गरेको छ । सो कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कूल ५२९ मेगावाट बराबरको विद्युत् बिक्रीका लागि अनुमति दिन माग गर्दै आवेदन दिएको छ । कम्पनीले भारत, बङ्गलादेशमा समेत विद्युत् निर्यात गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ को दफा २२ को २ अनुसार स्वीकृति प्रदान गरिदिनु हुन आग्रह गरिएको सोही कम्पनीका प्रबन्ध सञ्चालकसमेत रहनुभएका गर्गले जानकारी दिनुभयो ।

इपानले नेपाल र भारतबीचको संयुक्त संयन्त्रको आगामी बैठकमा नेपालको निजी क्षेत्रबाट उतपादित विद्युत् भारत र बङ्गलादेश निर्यात गर्ने सम्बन्धी प्रस्ताव अगाडि बढाइए भारतको प्रसारण प्रणाली प्रयोग गनएका लागि सम्बन्धित पक्षसँग वाताए अगाडि बढाउन माग गरेको छ । त्यसो त हालै सम्पन्न नेपाल र बङ्गलादेशका ऊर्जा सचिवको बैठकमा समेत दुई देशबीच विद्युत् व्यापारका लागि पूर्वाधार बनाउने सहमति भएको छ । उक्त सहमतिमा डेडिकेडेट प्रसारण लाइन निर्माण गर्ने र भारतको प्रसारण प्रणाली प्रयोग गर्न सकिने उल्लेख छ ।

इपानले क्षेत्रीय विद्युत् व्यापारका लागि रहेको कानूनी तथा प्राविधिक जटिलता हटाउनसमेत आग्रह गरेको छ । सरकारले राष्ट्रिय समृद्धिको वाहकका रुपमा जलविद्युत्लाई स्वीकार गरेको सन्दर्भमा आन्तरिक माग पूरा भएपछि नेपालको विद्युत्को बजार क्षेत्रीय विद्युत् बजार नै भएकाले आवश्यक सहजीकरण गरिदिन इपानको आग्रह गरेको हो ।