११ असार २०८३, बिहीबार
,
Latest
अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवलाई बम्बई नपुर्‍याई काठमाडौं ल्याएको हुँ : प्रचण्ड



अ+ अ-

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई बम्बई नपुर्‍याई काठमाडौं ल्याएको बताएका छन् । भरतपुर महानगरको नगरसभालाई सम्बोधन गर्दा पनि उनले ढिलो चाँडो विप्लव मूलधारमा आउने समेत दाबी गरे ।

त्यसक्रममा उनले एउटै पार्टीमा हुँदा विप्लवले आफ्नो दिमाग अलिअलि खल्बलिने गरी गरेको तर्क सुनाए ।

शान्ति प्रक्रियामा आएर पहिलो संविधानसभा चुनाव भइसकेपछि एउटा बैठकमा विप्लवले गरेको तर्क सुनाए, ‘कमरेड तपाईले हामीलाई काठमाडौं त लिएर आउनुभयो तर, मलाई चाहिँ अनुभूति के भयो भने नुवाकोटको भर्खरको तामाङ केटीलाई काठमाडौं लगेर बिहे गर्छु भनेर बम्बई पुर्‍याएको जस्तो महसुस भयो ।’

प्रचण्डले अघि भने, उहाँले शायद अब बुझ्नुभयो होला, मैले बम्बई लगेको होइन, काठमाडौं ल्याएको छु ।’

प्रस्तुत छ, विप्लवका सन्दर्भमा प्रचण्डले गरेको सम्बोधनको सम्पादित अंशः

विकास र सम्वृद्धिको नयाँ दिशातिर अघि बढ्ने जमर्को त हामीले गरेका छौं तर कता कता फेरि यो राजनीतिक स्थीरता, स्थायीत्व बिथोलिने हो कि भन्ने चिन्ता पनि छ । शान्ति र सम्वृद्धिको यात्रामा हिडिरहेका बेला दुई चार बटा बम फड्किँदा आशंका उब्जिनु अस्वभाविक होइन ।

आज बन्दमा के कति पड्किए मैले थाहा छैन, केही होक्स (नक्कली बम) भेटिए । केही ठाँउमा सिलिण्डर र प्रेसर कुकुर बम पनि भेटिए भन्ने सुनेँ तर, जनधनको क्षति भएको आज चाहिँ सुनेको छैन ।

यो पार लाग्ने कुरा हुँदै होइन । साथीहरुले भनेको साँचो कुरा के हो विप्लवलाई असाध्यै नजिकबाट चिन्ने मान्छे मध्ये म पनि हुँ । पछिल्लो पटक शान्ति प्रकृयामा आउँदा उहाँ दुई बर्ष मेरो कार्यालयको मुख्य सचिव भएकोले म चिन्छु । र, अहिले घटनाक्रम जसरी गएको छ, यसले उहाँहरुलाई पनि विस्तारै नयाँ सोचतिर जान प्रेरित गरेको छ भन्ने ठानेको छु ।

ढिलो वा चाँडो उहाँहरु आउनुहुन्छ । जसरी साथीहरु फर्किरहनुएको छ, विप्लवजी पनि आउनुहुन्छ । मलाई थाहा छ, देशमा नेतृत्वकर्ताको हिसावले म प्रति उनको मनमा घृणा छैन ।

कहिले काँही उहाँले बडो मार्मिक कुरा पनि गर्नुहुन्छ । उहाँले गरेको एउटा कुरा म यहाँ सुनाउन चाहन्छु । हामी शान्ति प्रकृयामा आएपछि पार्टी कमिटीको एउटा बैंठकमा उहाँले मेरो दिमाग खल्वलाउने तर्क गर्नुभयो । त्यतिबेला त पार्टी हाम्रो एकीकृत नै थियो । विप्लव पनि केन्द्रीय कमिटिमा हुनुहुन्थ्यो । मैले शान्ति प्रक्रियामा पार्टीलाई ल्याएँ ।

१२ बुँदे सहमति, शान्ति प्रकृया, संविधानसभाको निर्वाचन आदि उपलब्धी भएका थिए । उहाँले बैठकमा भन्नुभयो, ‘कमरेड तपाईँले हामीलाई काठमाडौं त लिएर आउनुभयो । तर मलाई चाँहि अनुभूत के भयो भने नुवाकाटको भर्खरकी तामाङनी केटीलाई काठमाडौं लगेर म लगेर विहे गर्छु भनेर बम्वई पुर्‍याएको जस्तो फिल भयो ।’ यो कुरा बुझनुहोला । मैले उहाँलाई बम्वई लगेको छैन, होइन । मैले कसैलाई पनि बम्वई लगेको छैन, काठमाडौं नै ल्याएको छु । उहाँलाई यति बुझ्न केही गर्नुपर्ने थियो, गर्नुभयो । यो भन्दा धेरै मलाई बोल्न नलगाउनु होला ।

प्रचण्डले हामीलाई काठमाडौं नै ल्याएको रहेछ, नेपालमा नै बिहे गरेको रहेछ भनेर जनु दिनमा बुझनुहुन्छ, त्यो दिन उहाँ आउनुहुन्छ । मलाई आजभोलि प्राप्त भएको संकेतमा उहाँले बुझन थाल्नुभएको छ । छिटै यो समाधानको पनि शान्तिपूर्ण समाधान हुन्छ र हुनुपर्छ ।