२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् । 

नेपालको लोकतान्त्रिक आन्दोलनमा रगत र पसिना बगाउने अग्रज पुस्ताको योगदानको कदरका लागि आफूले उम्मेदवारी दर्ता गराएको मुख्यमन्त्री पोखरेलले बताएका छन् । उनले भनेका छन्, ‘युवा पुस्ता र पुराना पुस्ता बीचको अन्तरसंवाद कायम गरी अग्रज पुस्ताका अनुभव र सिकाईलाई नयाँ पुस्तामा हस्तान्तरण तथा पुस्तान्तरण गर्न मैले उम्मेदवारी दिएको हो । 

पार्टीमा मौलाउँदै गएको गुटबन्दीको अन्त्य गरी सिद्धान्तनिष्ठ कार्यकर्ता तयार गर्न, लोकतान्त्रिक आन्दोलनका सहिद परिवार, घाइते, अंगभंग भएका तथा विशिष्ट योगदानकर्ता पहिचान गरी उनीहरुलाई यथोचित सहयोग, संरक्षण तथा सम्मान गर्न आफूले पहल गर्ने उनले उल्लेख गरेका छन् । 

पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र हिमाल, पहाड तथा तराईका समग्र कार्यकर्तामा रक्तसञ्चार गर्न भरमग्दुर काम गर्ने प्रतिबद्धता उनले जनाएका छन् । 
पोखरेल कांग्रेसको तर्फबाट देशको पहिलो मुख्यमन्त्री हुन् । दलको नेतृत्वमा सरकार निर्माण गर्ने वातावरण बनाउन र संघीयता कार्यान्वनमा गर्न अहम् भूमिका खेलेका व्यक्ति भएकाले पोखरेललाई जिताउन प्रचारप्रसार समितिले जनाएको छ । 

समितिले जारी गरेको आह्वानपत्रमा भनिएको छ, ‘महिला, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडावर्ग तथा सीमान्तकृत समुदायको मुल प्रवाहीकरण गर्न, गरिब तथा भूमिहीनका समस्या सम्बोधन गर्नका लागि मुख्यमन्त्री पोखरेललाई जिताउन अनुरोध गर्दछौं ।   

स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी रोजगारीको लागि युवाहरु विदेश पलायन हुनुपर्ने वाध्यतात्मक अवस्थाको अन्त्यका लागि वातावरण निर्माण गर्न, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति, श्रमिक, गरिब तथा दीर्घरोगीको विवरण अद्यावधिक गरी जीवन निर्वाह भत्ता प्रदान गर्ने नीति निर्माण गर्न आफूले पहल गर्ने प्रतिबद्धता पोखरेलले जनाएका छन् । मुख्यमन्त्री पोखरेल १२ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । 

शुक्रबार सुरु भएको कांग्रेसको महाधिवेशन अन्तर्गत शनिबार मनोनयन पत्र दर्ताको कार्यत्रमm थियो । आइतबार मनोनयन फिर्ता लगायत निर्वाचन कार्यक्रम तय भएको छ । २७ गते मतदान हुनेछ ।