काठमाडौं । मिडफिल्डर डेभिड सिल्भाले म्यानचेष्टर सिटी कल्ब छाड्ने भएका छन् । सिल्भाले २०१९–२० सिजनको अन्त्यमा क्लब छाड्ने भएका हुन् ।
संचार माध्यमका अनुसार कल्बले उनलाई थप दुई बर्ष कल्बमा रहन अग्रह गरेको थियो । तर उनले सिटीमा नबस्ने बताए ।उनले एक वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेको बुझिएको छ । ‘ १० वर्ष पर्याप्त छ । यो छाड्न उपयुक्त समय हो’ सिल्भाले भनेका छन् ।
२०१० मा सिटी आएका ३३ वर्षीय स्पेनिस सिल्भाले ३९५ खेल खेलेका छन् र चार प्रिमियर लिग, दुई एफए कप र चार लिग कपको उपाधि जितेका छन् ।गएको सिजन पनि उनले ३३ खेलमा ६ गोल गरेका थिए ।