१ असार २०८३, सोमबार
,
Latest
नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट (पूर्णपाठ) शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधिको दावेदार न्युजिल्यान्ड सेमिफाइनल पुग्ने दाउमा, पाकिस्तान रोक्न तयार



अ+ अ-

काटठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आज न्युजील्याण्ड र दक्षिण एसियाली टोली पाकिस्तान खेल्दै छन् । एजबास्टन मैदानमा साझ ३ः१५ बजे सुरु हुने खेलमा न्युजिल्यान्ड आफ्नो अपराजित यात्रा जारी राख्ने लक्ष्यमा छ ।

अहिलेसम्म अपराजित रहेको न्युजील्याण्ड र सेमिफाइनलमा पुग्न संघर्षरत पाकिस्तानको यो खेल दुवै टिमका लागि महत्वपूर्ण देखिएको छ ।पाकिस्तान बलियो न्युजिल्यान्डलाई हराउँदै विश्वकपमा टिकि रहने दाउमा छ ।

सन् १९९२ को विश्वकप विजेता पाकिस्तान यसपटक त्यति जम्न सकेको छैन । न्युजिल्यान्ड यसपटक निकै बलियो देखिएको छ । ६ खेलमा अपराजित रहेको न्युजिल्यान्ड ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट ५ अंक बनाएको पाकिस्तान सातौं स्थानमा छ ।

न्युजील्याण्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा बंगलादेशलाई २ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा अफगानिस्तानलाई ७ विकेटले र पाँचौ खेलमा दक्षिण अफ्रीकालाई ४ विकेटले पराजित गरेको थियो । त्यस्तै छैठौ खेलमा वेस्टइन्डिजलाई ५ रनले पराजित गरेको थियो । आफ्नो भारतविरुद्धको पाँचौ खेल बर्षाले रद्ध भएको थियो ।

त्यस्तै पाकिस्तानको विश्वकप यात्रा भने त्यति सुखद देखिएको छैन । पाकिस्तानले यस विश्वकपमा इङल्याण्डलाई १४ रनले पराजित गरेको थियो भने दक्षिण अफ्रीकालाई ४९ रनले पराजित गरेको छ ।

त्यस्तै पाकिस्तान वेस्टइन्डिजसँग ७ विकेटले पराजित भयो भने भारतसँग ८९ रनले पराजित भयो । त्यस्तै अस्ट्रेलियासँग ४१ रनले पराजित गर्यो ।

त्यस्तै पाकिस्तानको श्रीलंकासँगको खेल वर्षाले रद्ध हुँदा अंक बाडेको थियो ।

ब्याटिङ र बलिङ दुवैमा सन्तुलित देखिएको न्युजिल्यान्ड यसपटक उपाधिको दावेदार टोली हो । पाकिस्तानको प्रदर्शन भने उतारचढाव रहेको छ ।

यसअघि दुई टोलीबीच विश्वकपमा भएको भिडन्तमा भने पाकिस्तान बलियो देखिएको छ । विश्वकपमा यी दुई टोली आठ पटक भिडेका छन् । जसमा पाकिस्तानले ६ र युजिल्यान्डले दुई खेल जितेको छ । त्यसैले इतिहासमा बलियो पाकिस्तान र बर्तमानको उत्कृष्ट न्युजिल्यान्डबीचको आजको भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ ।

न्युजिल्यान्डले यो खेल जितेमा सेमिफाइनलमा पुग्ने अस्ट्रेलियापछिको दोस्रो टिम हुने छ भने पाकिस्तान पराजित भएमा उसको सेमिफाइनलको यात्रा टुंगिने छ ।

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुन्रो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, टे्रन्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी फर्गुसन र इश सोधी ।