१ असार २०८३, सोमबार
,
Latest
अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरान अमेरिकासँग कहिल्यै युद्ध चाहँदैन– राष्ट्रपति रौहानी



अ+ अ-

तेहरान । इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध नचाएको बताएका छन् । उनले बुधबार सो धारणा राखेको इरानी सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको छ । पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको बताइछ ।

इरानलाई कसैसँग पनि तनाव बढाउने कुनै इच्छा छैन– उनलाई उद्धृत गर्दै इरानी सञ्चार माध्यमहरुले जनाएका छन् । यस क्षेत्रमा इरानका कारणले कुनै असहज अवस्था होस् भन्नेमा पनि इरान नरहेको उनको दाबी थियो ।

हामी कसैसँग पनि युद्ध चाहँदैनौ, हामी अमेरिकासँग पनि चाहँदैनौ– उनले भने । उनले यो अभिव्यक्ति उनका फ्रान्सेली समकक्षीसँग बुधबार गरेर फोनवार्तामा व्यक्त गरेको पनि समाचारमा जनाइएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँगको फोन वार्ताका क्रममा इरानी राष्ट्रपतिले यस्तो अभिव्यक्ति राखेका इरानी सरकारी समाचार समिति इर्नाले जानकारी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै विवाद भएको स्वीकार पनि गरेका छन् । । उनका अभिव्यक्तिहरुबाट यी दुई देशबीच ठूलो तनाव रहेको थाहा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम जनाउँछन् ।

इरानले हालैमात्र एक अमेरिकी ड्रोनमाथि हमला गरेर इरानी भूमिमा खसालिदिएको थियो । त्यसपछि अमेरिका र इरानको विवाद झन् बढ्दै गएको छ ।

आफ्नो देशको सीमानाको उल्लंघन गरी विना अनुमति आफ्नो भूमिमा प्रवेश गरेकोले हमला गरेर सो ड्रोन खसालिदिएको इरानले बताएको छ ।

तर इरानको यो भनाई सत्य नरहेको अमेरिकी दाबी छ । अमेरिकी ड्रोनले इरानको सीमाना ननाघेको अमेरिकाले बताउँदै आएको छ ।

पछिल्लो समयमा अमेरिकी ट्यांकरहरुमा इरानमा आक्रमण गरी जलाउने काम भएको छ । अज्ञात समूहहरुले अमेरिकी ट्यांकरहरुमा हमला गर्ने गरेका छन् । त्यस हिंसामा इरानको हात रहेको अमेरिकाले बताएको छ ।




भर्खरै