१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पल्सर स्पोर्ट्स अवार्ड– २०७५ : महिला फुटबलमा सावित्रा र मञ्जली मनोनयन

पल्सर स्पोर्ट्स अवार्ड– २०७५ :  महिला फुटबलमा सावित्रा र मञ्जली मनोनयन
अ अ+ अ-

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड– २०७५ को लागि चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही असार १७ गते हुने अवार्डका लागि मंगलबार पत्रकार सम्मेलनमार्फत वर्षको उत्कृष्ट पुरुष, महिला, युवा तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई, जुडोका इन्द्रबहादुर श्रेष्ठ परेका छन् ।

यसैगरी महिलामा फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान, भलिबलकी सरस्वती चौधरी र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् । वर्ष २०७५ को उत्कृष्ट युवा खेलाडी अवार्डका लागि ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मञ्जली कुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।

यसैगरी प्रशिक्षकमा प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट, फुटबलका हरि खड्का मनोनयनमा परेका छन् । मञ्चले यसअघि नै पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिसकेको छ ।

मञ्चअन्तर्गत खेलाडी छनोट समितिले वर्षभर खेलाडी र प्रशिक्षकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पर्धामा हात पारेको उपलब्धिको आधारमा उनीहरूलाई मनोनयन गरेको हो ।

एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजकका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन गरिने पिपल्स च्वाइसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन रहेका छन् ।

वर्ष पुरुष खेलाडी, महिला, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटर साइकल प्राप्त गर्नेछन् । अन्य विधाका उत्कृष्टले जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । उत्कृष्ट पुरुष र महिला विजेतालाई टर्किस एयरलाइन्सबाट जुनसुकै गन्तव्यको दुईतर्फी हवाई टिकट पनि प्राप्त गर्नेछन् । पारा एथलिट, टिम अफ दी इयर र लाईफ टाइम अभिचमेन्ट अवार्डको घोषणा असार १७ नै गरिने बताईएको छ ।