७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित हुने



अ+ अ-

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (भोलि) प्रकाशित गर्ने भएको छ ।

बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा बिहिबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो ।

बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो भएको बताए । उनले २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले यसपाली परिक्षाफल प्रकाशित हुन समय लागेको बताए । उनले अहिले सम्पूर्ण तयारी सकेकाले भोलि नतिजा सार्वजनिक गर्ने बताए । ‘हामी तयारी गर्दैछौं उनले भने भोलिसम्ममा परीक्षाफल प्रकाशित हुनेछ ।’

परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको जानकारी दिँदै अधिकांश तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको शर्माले बताए ।

यता परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको बताइए । केही विद्यार्थीले एक/दुई वटा विषयमा कम अंक ल्याएको देखिएकाले उनीहरूको कपी रुजु गर्ने काम भइरहेको उनले जानकारी दिए। उनका अनुसार सात वटा विषयमा राम्रो जीपीए ल्याएका विद्यार्थीले एक वा दुई वटा विषयमा नराम्रो अंक ल्याएको देखिएकाले अंक हेर्ने काम शुरू गरिएको छ।उनले सबै विषयमध्ये एक/दुई विषयमा नराम्रो अंक ल्याउने विद्यार्थीले परीक्षा प्रणालीप्रति असन्तुष्ट नजनाऊन् भनेर उत्तरपुस्तिका हेरिएको स्पष्ट पारे।

भोलि राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको उनले जानकारी दिए ।

गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए । पनिकाले गत वर्ष पनि असार ११ गते परीक्षाफल प्रकाशित गरेको थियो ।