७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकमा बम आक्रमण पाँच सैनिकको मृत्यु



अ+ अ-

बग्दाद । इराकको उत्तरी राज्य किर्कुकको एक सडककिनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले उक्त जानकारी दिएका छन् ।

प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले राखेको बम विस्फोटमा परी पाँच जना सङघीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा लगाएको र आक्रमणकारीको खोजीकार्यमा लागेको बताइएको छ ।

इराकी सुरक्षा बलले सन् २०१७ को अन्त्यबाट अतिवादी आइएस आतङ्ककारी समूहलाई देशभरी नै परास्त गरेपछि इराकको सुरक्षा अवस्थामा नाटकिय रुपमा नै सुधार आएको बताइन्छ ।

यद्यपी ग्रामीण इलाकामा अझै पनि आइएस आतङ्ककारीहरुले बारम्बार आक्रमण गर्दै आएको पाइन्छ ।