१ असार २०८३, सोमबार
,
Latest
अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए



अ+ अ-

काबुल । अफगानिस्तानमा बुधबार नेटोआवद्व दुई अमेरिकी सैनिकको आतङ्ककारी आक्रमणमा मृत्यु भएको छ ।अफगानिस्तानमा नेटोआवद्ध अमेरिकी सैनिक यो पछिल्लो हताहत अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेको अवस्थामा भएको छ ।

अफगान सैनिकलाई सहयोगार्थ बसेका ती दुई सैनिक मारिएका विषयमा विस्तृत विवरण भने दिइएको छैन । तर सेप्टेम्बर १ भन्दा आगाडी हुने भनिएको शान्ति वार्ताको विषयमा छलफल गर्न अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आकस्मिक अफगानिस्तानको राजधानी काबुलको भ्रमण गरेको २४ घण्टा भन्दा कम समयमा नै यो आक्रमण भएको बताइएको छ

हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यसअघि नेटोआवद्ध अमेरिकी सेनामाथि हुदै आएको आक्रमणको तालिबान लडाकू समूहले जिम्मा लिदै आएका थिए ।
अफगानिस्तानमा यस वर्षको शुरुदेखि हालसम्म नेटोआवद्ध अमेरिकी सेनामाथि भएको आक्रमणहरुको क्रममा नौ सैनिकको मृत्यु भएको छ । सन् २०१८ को यसै अवधिमा १२ नेटोआवद्ध अमेरिकी सैनिकको मृत्यु भएको थियो

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आकस्मिक रुपमा गर्नु भएको अफगानिस्तानको भ्रमणको क्रममा पोम्पेओले अफगान राष्ट्रपति असरफ घानीलाई अफगानिस्तानको शान्तीलाई वासिङटनले उच्च प्राथमिकताका रुपमा लिएको बताउनु भएको छ ।

अमेरिकाको इतिहासमा नै लामो युद्धको रुपमा रहेको यस ‘अफगान युद्ध’ अन्त्यको लागि गत सेप्टेम्बरमा पनि अमेरिकाले तालिबान लडाकू समूहलाई वार्ताको टेबिलमा ल्याउने कोशिसले गरेको थियो ।
अफगानिस्तानमा युद्धरत तालिबान लडाकू समूह र अमेरिकाबीच शान्ति वार्ता दोहामा आगामी जुन २९ बाट शुरु हुने समय तालिका तय गरिएको छ ।

आतङ्कवादको अन्त्य, विदेश सैनिकको उपस्थिति, अफगानिस्तानमा आन्तरिक वार्ता र स्थाई युद्धविराम चार ओटा मुद्दामा यो वार्ता केन्द्रित रहने बताइएको छ ।
अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक तैनाथ रहेका छन् । ती सैनिकहरुले अफगान सहकर्मीहरुलाई तालिम र सरसल्लाह दिने गरेका बताइन्छ । अफगानिस्तानमा सन् २०१४ को अन्त्यसम्म करिब एक लाख नेटोआवद्ध अमेरिकी सेना रहेका थिए ।

ती सैनिकहरु सन् २०१४ को अन्त्यमा अफगान युद्ध सकिएको घोषणा गर्दै आफ्नो देश फर्किएपछि त्यहा करिब १४ हजार नेटोआवद्ध अमेरिकी सैनिक मात्र बाँकी रहेका छन् ।
सन् २००१ मा अफगानिस्तानमा तालिबानहरु सत्ताबाट अपदस्थ भएपछि शुरु भएको अफगान युद्धमा अमेरिकी सैनिकको सहभागीता भएयता करिब २ हजार ३०० अमेरिकी सैनिकको मृत्यु हुनुको साथै २० हजार ४०० घाइते भएका छन् ।

आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा लगाएको र आक्रमणकारीको खोजीकार्यमा लागेको बताइएको छ ।

इराकी सुरक्षा बलले सन् २०१७ को अन्त्यबाट अतिवादी आइएस आतङ्ककारी समूहलाई देशभरी नै परास्त गरेपछि इराकको सुरक्षा अवस्थामा नाटकिय रुपमा नै सुधार आएको बताइन्छ ।

यद्यपी ग्रामीण इलाकामा अझै पनि आइएस आतङ्ककारीहरुले बारम्बार आक्रमण गर्दै आएको पाइन्छ ।