७ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं २ सरकारले लोक सेवा तयारी कक्षा सुरु गर्यो



अ+ अ-


जनकपुरधाम । प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको राजर्षि जनक क्याम्पसमा लोक सेवा तयार कक्षाको शुभारम्भ गर्दै प्रदेश सरकारले सरकारी सेवामा महिलाको पहुँचलाई सुनिश्चित गर्न लोक सेवाको तयारी कक्षा सञ्चालन गरेको बताउनुभयो ।

प्रदेश सरकारले सामाजिक रूपान्तरणलाई पहिलो प्राथमिकतामा राखेको तथा सरकारले महिलाहरूको सशक्तीकरणका लागि बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माणजस्ता कार्यक्रम अघि सारेको बताउनुभयो ।

“सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा पहुँच बढाउन प्रदेश प्रहरी र निजामती सेवामा ५० प्रतिशत आरक्षण गर्ने नीतिसमेत अवलम्बन गरेको छ”, उहाँले भन्नुभयो । प्रदेश सरकारले कौटिल्य इन्स्टिच्युटसँगको सहकार्यमा सो कक्षा सञ्चालन गरेको छ ।