१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

न्युजिल्यान्ड र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित, टस हुनै सकेन

न्युजिल्यान्ड र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित, टस हुनै सकेन
अ अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तान र न्युजिल्यान्डबीचको खेल मैदान ओसिलो भएका कारण ढिला भएको छ ।

एजबास्टन मैदानमा साझ ३ः१५ बजे सुरु हुने पाकिस्तान र युजिल्यान्डबीचको खेल हुनुभन्दा पहिले भएको वर्षाको कारण खेल सुरु हुने बेलामा पनि टस भएको छैन ।

अहिलेसम्म अपराजित रहेको न्युजील्याण्ड र सेमिफाइनलमा पुग्न संघर्षरत पाकिस्तानको यो खेल दुवै टिमका लागि महत्वपूर्ण देखिएको छ ।पाकिस्तान बलियो न्युजिल्यान्डलाई हराउँदै विश्वकपमा टिकि रहने दाउमा छ ।

यता, पकिस्तानलाई भने पानीको चिन्ता लाग्न थालेको छ । पाकिस्तानले आफ्नो अगाडिको यात्रालाई कायमै राख्ने हो भने आजको खेल जित्नै पर्ने हुन्छ । तर वर्षाको कारण रद्द भए पाकिस्तानलाई प्रत्यक्ष रुपमा घाटा हुनेछ ।

६ खेलबाट पाँच खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको न्युजिल्यान्ड ११ अंकका साथमा अंक तालिकाको दोस्रो स्थानमा छ । न्युजील्याण्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा बंगलादेशलाई २ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा अफगानिस्तानलाई ७ विकेटले र पाँचौ खेलमा दक्षिण अफ्रीकालाई ४ विकेटले पराजित गरेको थियो । त्यस्तै छैठौ खेलमा वेस्टइन्डिजलाई ५ रनले पराजित गरेको थियो । आफ्नो भारतविरुद्धको पाँचौ खेल बर्षाले रद्ध भएको थियो ।

त्यस्तै पाकिस्तानको विश्वकप यात्रा भने त्यति सुखद देखिएको छैन । पाकिस्तान भने ६ खेलबाट दुई खेलमा जित, तीन खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँड्दै पाँच अंकका साथमा लिगको सातौ स्थानमा छ ।

पाकिस्तानले यस विश्वकपमा इङल्याण्डलाई १४ रनले पराजित गरेको थियो भने दक्षिण अफ्रीकालाई ४९ रनले पराजित गरेको छ ।

त्यस्तै पाकिस्तान वेस्टइन्डिजसँग ७ विकेटले पराजित भयो भने भारतसँग ८९ रनले पराजित भयो । त्यस्तै अस्ट्रेलियासँग ४१ रनले पराजित गर्यो ।त्यस्तै पाकिस्तानको श्रीलंकासँगको खेल वर्षाले रद्ध हुँदा अंक बाडेको थियो ।

यसअघि दुई टोलीबीच विश्वकपमा भएको भिडन्तमा भने पाकिस्तान बलियो देखिएको छ । विश्वकपमा यी दुई टोली आठ पटक भिडेका छन् । जसमा पाकिस्तानले ६ र युजिल्यान्डले दुई खेल जितेको छ । त्यसैले इतिहासमा बलियो पाकिस्तान र बर्तमानको उत्कृष्ट न्युजिल्यान्डबीचको आजको भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ ।

न्युजिल्यान्डले यो खेल जितेमा सेमिफाइनलमा पुग्ने अस्ट्रेलियापछिको दोस्रो टिम हुने छ भने पाकिस्तान पराजित भएमा उसको सेमिफाइनलको यात्रा टुंगिने छ ।

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुन्रो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, टे्रन्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी फर्गुसन र इश सोधी ।