१९ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक शम्भु राई र सपुतबीच ‘गलबन्दी’ गीतको बिबाद सहमतिमा टुंगियो



अ+ अ-

काठमाडौं । गायक शम्भु राई र गायक प्रकाश सपुतबीच ‘गलबन्दी’ गीतको बिबाद अन्ततः सहमतिमा टुंगिएको छ ।

गायक राईले आफ्नो आउ नाचौँ साथी हो कम्मर कसेर बोलको गीतको लय प्रकाश सपूतले गलबन्दीु गीतमा हुबहु नक्कल गरेको भन्दै नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा मुद्दा हालेका थिए ।

तर बुधबार शम्भु राई र प्रकाश सपूतबीच सहमति भएको छ । प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा भएको सहमतिअनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

यस्तै, अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राइको नाम समावेश गरि प्रकाशन गर्ने सहमति भएको छ । यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।

शम्भु राइले कानुनी उपचार खोज्दै प्रतिलिपी अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने सहमती पनि दुई गायकवीच भएको छ ।