७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक शम्भु राई र सपुतबीच ‘गलबन्दी’ गीतको बिबाद सहमतिमा टुंगियो



अ+ अ-

काठमाडौं । गायक शम्भु राई र गायक प्रकाश सपुतबीच ‘गलबन्दी’ गीतको बिबाद अन्ततः सहमतिमा टुंगिएको छ ।

गायक राईले आफ्नो आउ नाचौँ साथी हो कम्मर कसेर बोलको गीतको लय प्रकाश सपूतले गलबन्दीु गीतमा हुबहु नक्कल गरेको भन्दै नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा मुद्दा हालेका थिए ।

तर बुधबार शम्भु राई र प्रकाश सपूतबीच सहमति भएको छ । प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा भएको सहमतिअनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

यस्तै, अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राइको नाम समावेश गरि प्रकाशन गर्ने सहमति भएको छ । यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।

शम्भु राइले कानुनी उपचार खोज्दै प्रतिलिपी अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने सहमती पनि दुई गायकवीच भएको छ ।