१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

क्लिन फिड विवाद : ‘लोकल’ विज्ञापन पाउने कि नपाउने ?

क्लिन फिड विवाद : ‘लोकल’ विज्ञापन पाउने कि नपाउने ?
अ अ+ अ-


काठमाडौं । नेपालका टेलिभिजन वितरकहरु सरकारले प्रस्ताव गरेको ‘क्लिन फिड’को व्यवस्थाको विरुद्धमा आन्दोलित बनेपछि यो विषय अहिले चर्चामा छ । यसले नेपालका सञ्चारमाध्यममात्र होइन कि सामाजिक सञ्जाललाई पनि तताएको छ । क्लिन फिड भनेको विदेशी च्यानलहरुले उनीहरुले आफ्नो देशमा उत्पादन गरेको विज्ञापन यहाँका टेलिभिजनहरुमा प्रशारण गर्न नपाउने प्रक्रिया हो ।

जुन कुराको टेलिभिजन वितरकहरुले विरोध गरिरहेका छन् । विरोधस्वरुप वितरकहरुले २४ घन्टासम्म सबै विदेशी च्यानलको प्रशारण पनि बन्द गराए । तर यो कार्यको आम उपभोक्ताद्धारा विरोध भयो ।


सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्न यो कानून ल्याउन लागेको बताएको छ र विधेयक प्रस्ताव नै गरिसकेको छ । त्यसैले टेलिभिजन वितरकहरुको अहिलेको विरोधले नागरिकको सूचना सम्बन्धी हक, अभिव्यक्ति स्वतन्त्रताको हक र उपभोक्ता अधिकार सम्बन्धी हकको हनन् भएको बताएको छ । ग्राहकसँग टेलिभिजन वितरकले गरेको अप्रत्यक्ष करार विपरित हुने गरी सेवा अवरुद्ध गर्नु अवैधानिक नभएको अधिकारवालाहरु पनि बताउँछन् ।


टेलिभिजिन वितरक यसलाई मान्न तयार छैनन् । उनीहरु सरकारले क्लिन फिड लाग्दा कस्तो असर पर्छ भन्ने सबैलाई जानकारी गराउन २४ घण्टा ब्ल्याक आउट गरिएको बताउँछन् । सरकार भन्छ यसरी सबका सब बन्द भएजस्तो क्लिनफिड होइन भन्छ । विदेशी तथा हिन्दीभाषी च्यानलहरु नेपालका लागि छुट्टै क्लिन फिड दिन तयार नभएको उनीहरुको दाबी छ ।
‘लोकल’ विज्ञापन गर्न पाउने कि नपाउने ?
जानकारहरु यो विषय यहाँका टेलिभिजन वितरकका साथै सरोकारवाला र कलाकारहरुले पनि बुझ्न नसकेको बताएका छन् । यस विषयका एकजना जानकार भन्छन्– यहाँ कलाकारहरु पनि त्यसै उफ्रिएका छन्, उनीहरुले विधेयकमा के कुरा छ भन्ने कुरा थाहा नै पाएका छैनन् । उनका अनुसार सो विधेयकमा विदेशी च्यानलहरुमा स्थानीय विज्ञापन पनि राख्न नमिल्ने गरी व्यवस्था गरिएको छ ।

त्यो ‘क्लिन फिड’ नै हो, त्यसमा कुनै पनि विज्ञापन राख्न नपाउने गरी मस्यौदा गरिएको छ– उनले भने । उनको दाबी छ– यसले स्वदेशी विज्ञापन एजेन्सीहरुलाई फाइदा हुन्छ, नेपालका कलाकार आदिले काम पाउँछन् फाइदाजनक छ भनिएको छ, तर त्यो सरकारले विधेयक पास गराउनका लागि हो, त्यसमा धेरैको ध्यान पुगेको छैन ।


हुनत नेपालका टेलिभिजन, कलाकार, विज्ञापन एजेन्सीहरु तथा पत्रकार महासंघले गरेको समर्थन पनि त्यसैका लागि हो । उनीहरुले पनि स्थानीय उत्पादनको विज्ञापन राख्न पाउने तथा बहुराष्ट्रिय कम्पनीहरुको पनि विदेशमा उत्पादित विज्ञापन नेपालमै उत्पादन गरेर ती च्यानलमा दिन पाउने भनी बुझेका छन् । तर वास्तविकता भने त्यस्तो छैन । सरकारले क्लिन फिडसम्बन्धी विधेयकमा खासमा विदेशी च्यानलहरुमा विज्ञापन नै राख्न नपाउने गरी बनाएको छ । ती च्यानलमा स्थानीय र विदेशमै बनाइएका विज्ञापनहरु पनि राख्न नसकिने उक्त विधेयकमा उल्लेख छ ।


अहिले हाम्रा कलाकारको भनाई यो छकि उताको नआएर स्वदेशी विज्ञापन दिन पाउनुपर्छ, जसले गर्दा आफूहरुले पनि काम पाइन्छ । विज्ञापन एजेन्सीहरुको पनि त्यही हो । लोकल विज्ञापन चाहियो र त्यो नै ती च्यानलमा प्रशारण गर्नुपरो भन्ने हो । बाहिरका च्यानलहरु बन्द गर्नु अहिलेको जमानामा सम्भव छैन किनभने त्यो भनेको उत्तर कोरियाको जस्तो अवस्था आउने हो । त्यसैले यदि स्वदेशी विज्ञापन दिने हो भने त ठीक छ भन्नेमा सबै पुगेको अवस्था छ । तर विधेयकको वास्तविकता त्यस्तो नभएको कुरामा भने अहिलेसम्म पनि कसैको ध्यान पुगेको छैन ।

यदि त्यो वास्तविकता बुझ्ने हो भने त त्यसले यताको न उताको विज्ञापन भन्ने नै ध्येय राखेको छ । यसरी भने च्यानल चल्न सक्दैनन् । यदि दुवै तर्फको विज्ञापन नआउने हो भने त्यस्तो अवस्थामा च्यानल चल्न सक्दैनन् किनेभने त्यो खाली समयमा के गर्ने त भन्ने कुरा हुन जान्छ । त्यसैले यो अहिलेको क्लन फिडको अवधारणा ठीक छ, यो राष्ट्रियता र राष्ट्रिय आयकै पक्षमा रहन्छ । तर लोकल पनि विज्ञापन राख्न पाइएन भने त के काम भयो र ? यो कुरा विधेयक पास नुहँदै सबैले बुझ्न जरुरी छ ।