१९ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा सुनचाँदीको मूल्य घट्यो



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो ।

आज सुन ६५ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छ । तेजावी सुन पनि तोलामा ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्यपनि प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

गत विहीबार यता सुन तोलामा २ हजार रुपैयाँले बढेको छ । अन्तराष्ट्रिय बजारमा सुनको माग बढेकाले नेपाली बजार पनि प्रभावित भएको व्यवसायीहरुको भनाई छ । व्यवसायीका अनुसार सुनको मूल्य बढेपछि नेपाली बजारमा गरगहनाको माग समेत घटेको छ ।