१९ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियाका राष्ट्रपति मुन र साउदी राजकुमार सलमानबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित बुधबार भेटवार्ता भएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले उक्त जानकारी दिएको छ । दुई दिने भ्रमणको क्रममा राजकुमार सलमान आज बिहान सबेरै दक्षिण कोरिया आइपुगेका हुन् ।

सलमानले २१ वर्षपछि दक्षिण कोरियाको यो पहिलो भ्रमण भएको बताइएको छ । यसअघि १९९८ मा उनले दक्षिण कोरियाको भ्रमण गरेका थिए ।

राष्ट्रपति मुन र राजकुमार सलमानबीच भएको छलफलपछि प्रकाशित संयुक्त विज्ञप्तिमा दुई देशबीच सुचना र सञ्चार प्रविधि,स्वास्थ्य, सांस्कृतिक र शिक्षालगायत विभिन्न क्षेत्रमा सहकार्य बढाउने सम्झौता भएको बताइएको छ ।