१ असार २०८३, सोमबार
,
Latest
बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ओरालो लाग्यो



अ+ अ-

काठमाडौं– सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २७०.८१ मा पुगेको छ ।

नेप्से परिसूचक घटे पनि कारोवार रकम भने सोमबार र मङ्गलबारको तुलनामा आज वृद्धि भएको छ । कूल १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर रु ५७ करोड एक लाख २३ हजार ४८१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २.५३, होटल ०.६, अन्य ०.४६ र सामूहिक लगानीकोष ०।०२ विन्दुले बढेको छ । यस्तै बैंकिङ ३.२३, विकास बैंक ०.९४, जलविद्युत् ५.७१, वित्त ०.५६, निर्जीवन बीमा ४.९, उत्पादन ६.१२, लघुवित्त ३.८६ र जीवन बीमा ११.१८ अङ्कले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४२ लाख ७३ हजार ४३०, नेपाल बैंक लिमिटेड रु चार करोड १९ लाख ७४ हजार ८६६, प्रभु बैंक रु दुई करोड ७१ लाख ५२ हजार ६७४, आइएमइ जनरल इन्सयोरेन्स लिमिटेडको संस्थापक शेयर रु दुई करोड ४१ लाख पाँच हजार ६०० र प्रिमियर इन्स्योरेन्स कम्पनीको रु एक करोड ४४ लाख ४९ हजार ७२४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९.९५, आइएमइ जनरल इन्स्योरेन्स ६.९५, पाँचथर पावर कम्पनी ६.४७, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ४.७५ र अरुण काबेली पावर कम्पनीका शेयरधनीले ४.४० प्रतिशतले कमाए । त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ६.३६, आशा लघुवित्त वित्तीय संस्था ४.१७, सिद्धार्थ इन्स्योरेन्स ३.१३ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.६६ प्रतिशतले गुमाए ।