७ आश्विन २०८१, सोमबार
,
Latest
प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकको घुम्तीमा सवारी चालकका लागि कन्भेक्स ऐना



अ+ अ-

नुवाकोट । नुवाकोट जिल्ला ट्राफिक कार्यालयले सडक दुर्घटना न्यूनीकरण गर्न विदुर नगरपालिकाको विभिन्न घुम्तीमा ‘कन्भेक्स’ ऐना जडान गरेको छ ।

विदुर नगरपालिका आसपासका सडक घुम्ती जस्तैः त्रिशूली बजार, गङ्गटे, बान्दे्रलगायत ठाउँमा यस्ता ऐना राखिएको हो । उक्त ऐनाले घुम्ती पार गर्न लाग्दा दायाँ–बायाँबाट आउने अरू सवारी साधन तथा पैदल यात्रीहरुलाई सवारी चालकहरुले सजिलै देख्न सक्ने भएकाले दुर्घटना हुनबाट जोगिने उक्त कार्यालयका प्रहरी नायब निरीक्षक बिकल भट्टराईले जानकारी दिए ।

उनले भने, ‘कन्भेक्स ऐना राख्नुको मुख्य उद्देश्य घुम्ती बाटोमा विपरीत दिशाबाट आउने साना र ठूला सवारी साधनहरु एकले अर्कोलाई नदख्ने हुँदा सडक दुर्घटना हुने गरेकामा यस्तो ऐनाले विपरीत दिशाबाट आउने सवारी साधन प्रस्ट देखिने हुँदा दुर्घटनाको सम्भावना कम हुनसक्छ ।’

नगरप्रमुख सञ्जु पण्डितले सडक दुर्घटना न्यूनीकरण गर्न र सडकमा हुने सवारी साधनको चाप व्यवस्थित बनाउन ट्राफिक कार्यालयलाई सहयोग गर्दै आएकामा आगामी दिन पनि यस्ता क्रियाकलापमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रजिअ द्रोण पोखरलले सडक दुर्घटनामा आफू बच्न र अरूलाई बचाउन सवारीचालक स्वयं जागरूक हुनुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कृष्णपल्ली मगरले साना ठूला सवारी साधनहरुलाई व्यवस्थित गर्न प्रहरीको मात्र होइन हामी सबैको समान दायित्व रहेको बताए । जिल्लास्थित चेम्बर अफ कमर्सले तीनवटा ‘कन्भेक्स’ ऐना उपलब्ध गराएको थियो ।