१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सडकको घुम्तीमा सवारी चालकका लागि कन्भेक्स ऐना

सडकको घुम्तीमा सवारी चालकका लागि कन्भेक्स ऐना
अ अ+ अ-

नुवाकोट । नुवाकोट जिल्ला ट्राफिक कार्यालयले सडक दुर्घटना न्यूनीकरण गर्न विदुर नगरपालिकाको विभिन्न घुम्तीमा ‘कन्भेक्स’ ऐना जडान गरेको छ ।

विदुर नगरपालिका आसपासका सडक घुम्ती जस्तैः त्रिशूली बजार, गङ्गटे, बान्दे्रलगायत ठाउँमा यस्ता ऐना राखिएको हो । उक्त ऐनाले घुम्ती पार गर्न लाग्दा दायाँ–बायाँबाट आउने अरू सवारी साधन तथा पैदल यात्रीहरुलाई सवारी चालकहरुले सजिलै देख्न सक्ने भएकाले दुर्घटना हुनबाट जोगिने उक्त कार्यालयका प्रहरी नायब निरीक्षक बिकल भट्टराईले जानकारी दिए ।

उनले भने, ‘कन्भेक्स ऐना राख्नुको मुख्य उद्देश्य घुम्ती बाटोमा विपरीत दिशाबाट आउने साना र ठूला सवारी साधनहरु एकले अर्कोलाई नदख्ने हुँदा सडक दुर्घटना हुने गरेकामा यस्तो ऐनाले विपरीत दिशाबाट आउने सवारी साधन प्रस्ट देखिने हुँदा दुर्घटनाको सम्भावना कम हुनसक्छ ।’

नगरप्रमुख सञ्जु पण्डितले सडक दुर्घटना न्यूनीकरण गर्न र सडकमा हुने सवारी साधनको चाप व्यवस्थित बनाउन ट्राफिक कार्यालयलाई सहयोग गर्दै आएकामा आगामी दिन पनि यस्ता क्रियाकलापमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रजिअ द्रोण पोखरलले सडक दुर्घटनामा आफू बच्न र अरूलाई बचाउन सवारीचालक स्वयं जागरूक हुनुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कृष्णपल्ली मगरले साना ठूला सवारी साधनहरुलाई व्यवस्थित गर्न प्रहरीको मात्र होइन हामी सबैको समान दायित्व रहेको बताए । जिल्लास्थित चेम्बर अफ कमर्सले तीनवटा ‘कन्भेक्स’ ऐना उपलब्ध गराएको थियो ।