१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सवारीसाधनलाई म्यार्दीखोला बाधक बन्यो

सवारीसाधनलाई म्यार्दीखोला बाधक बन्यो
अ अ+ अ-

लमजुङ । लमजुङ–मनाङ आवतजावत गर्ने एक मात्र बेँसीशहर चामे सडकखण्डमा पर्ने म्यार्दीखोलामा रहेको मोटरेवल पुल बगाएपछि सवारीसाधनलाई म्यार्दीखोला बाधक बनेको छ । लमजुङ–मनाङको सिमानामा रहेको सो पुल आइतबारको बाढीले बगाउनुका साथै खोलामा गहिरो गल्छी बनाइदिएपछि सवारीसाधन तर्नसक्ने अवस्था छैन ।

पुल निर्माण हुनुअघि हिउँदमा र पानीको बहाव सानो भएको बेलामा खोलाबाटै सवारीसाधन तार्ने गरिएकामा खोलो गहिरिएकाले अहिले सवारीसाधन वारि र पारि नै रहेको बेँसीशहर चामे सडकखण्डका जिप चालक सोमबहादुर मजाकोटीले बताउनुभयो । गत वर्षबाट निर्माण सम्पन्न गरी सवारीसाधन सञ्चालनमा आएको २४ दशमलव ३८ मिटर र नौ मिटर चौडाइको पुल बगाएको छ । पुल निर्माण हुनुअघि काठेपुलबाट समेत सवारीसाधन गुड्ने गरेको थियो ।

उक्त खोलाबाट सवारीसाधन तर्नसक्ने कुनै सम्भावना नरहेको ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रहरी जवान लालकिरण शारुले बताउनुभयो । उहाँले भन्नुभयो, “लमजुङको बेँसीशहरबाट च्याम्चेसम्म र मनाङको चामेदेखि तालसम्म मात्रै सवारीसधान चल्ने गरेको छ ।”

सवारीसाधन चल्न नसक्दा लमजुङ–मनाङ आवतजावत गर्ने यात्रुहरु मर्कामा परेका छन् । सवारीसाधनबाट च्याम्चेमा ओर्लिएर तालसम्म करीब एक घण्टा पैदल यात्रा गर्न बाध्य हुँदै आएको च्याम्चेका स्थानीयवासीको भनाइ छ । त्यति मात्रै नभई मनाङका स्थानीयवासी बिरामी भएर बेँसीशहर हुँदै काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा लैजानुप¥यो भने समेत समस्या हुने देखिन्छ ।

सडक सञ्चालन भएदेखि कहिले काठेपुल त कहिले खोलाबाटै सवारीसाधन तार्दै आएका चालकले यस वर्षको बर्खायामबाट सवारीसाधन पक्की पुलबाट गुडाउन पाउने सपना देखेपनि सपनामै सीमित भएको बेँसीशहर चामे सडकमा सवारी चलाउँदै आउनुभएका चालक अमर घिमिरेले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा पुल नहुँदा हिउँदको समयमा पानी कम हुनेभएकाले सवारीसाधनलाई खोला तर्न केही सहज भए पनि बर्खायाममा हल्का पानी पर्दासमेत सवारीसाधन ठप्प हुन्थ्यो, चालकदेखि यात्रुले विगतमा भोग्नुपरेको यस्तो समस्या फेरि उत्पन्न भएको छ ।”

बेँसीशहर–चामे सडक हेर्ने सडक डिभिजन कार्यालय दमौलीका साइट इन्चार्ज सवइञ्जिनीयर ठाकुरप्रसाद भण्डारीले भन्नुभयो, “तत्काल सवारीसाधन गुड्ने कुनै सम्भावना छैन ।” सो पुलको दुई पिलर र दायाँ भागको आठ मिटर एप्रोजरोड मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँसहित काठमाडौँबाट आउनुभएका हुलाकी स्कूल बेलिब्रिजका डिजाइनर उद्धव रानामगरले बुधबार सो पुलको अनुगमन गर्नभएको थियो । अस्थायीरूपमा पुलको मर्मत गरी सवारी गुड्नसमेत करीब तीन हप्ता लाग्ने इञ्जिनीयर भण्डारीको भनाइ छ । पुलको मर्मत कार्य केही दिनमै अघि बढाउने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङतर्फको भागमा भन्दा लमजुङतर्फको भागमा बाढीले बढी क्षति पु¥याएको छ ।

हिमालपारिको जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौलीले सडक निमार्ण गर्न शुरु गरेको थियो । तर पछि जनयुद्ध र अन्य विभिन्न कारणले तत्कालीन नेपाली सेनाले सो सडक विसं २०५७ बाट बनाउने जिम्मा पायो । तत्कालीन सेनाले शान्ति प्रक्रियापछि मात्रै सडक निमार्णकार्यलाई निरन्तरता दियो । सेनाले बाँदरसमेत लड्ला जस्तो जोखिमपूर्ण भीरलाई ज्यानको बाजी राखेर सडक निमार्ण गर्न सफल भयो । सो सडक विसं २०६९ मा निर्माणकार्य सम्पन्न गरी सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेसँगै सञ्चालन भएदेखि दैनिक सो सडकखण्डमा ३५ सवारीसाधन चल्ने गर्दछ । लमजुङ मनाङको सिमानामा रहेको उक्त पुल बेँसीशहरबाट ३५ किलोमिटर र चामेबाट ३० किलोमिटर गरी बेँसीशहर–चामे सडक ६५ किलोमिटरको दूरी छ ।

विषेशगरी बर्खायाममा वर्षेनी उक्त दूरी पार गर्नलाई कहिले पहिरो त कहिले खोला बढेर सवारीसाधन रोकिनुपर्दा धेरै समस्या हुने गरेको सो मार्ग चलाउने चालकले बताएका छन् । चालक भन्छन्, “यतिमात्रै होइन हाम्रो ज्यानै जाने हो कि भन्ने त्राससमेत हुने गरेको छ ।”