७ आश्विन २०८१, सोमबार
,
Latest
प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई : नतिजा प्रकाशन गर्न २ बजे बैठक



अ+ अ-

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसो २ बजे बैठक बोलाएको छ ।

नतिजा सार्वजनिक गर्नु अगाडि बोर्ड बैठक बस्नु पर्ने प्रावधान छ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आज २ बजे बोर्डबैठक बोलाइएको बताए।

बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा बिहिबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको छ ।

बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो भएको बताए । उनले २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले यसपाली परिक्षाफल प्रकाशित हुन समय लागेको बताए । उनले अहिले सम्पूर्ण तयारी सकेकाले आज नै नतिजा सार्वजनिक गर्ने बताए । ‘हामी तयारी गर्दैछौं उनले भने बेलुकासम्म परीक्षाफल प्रकाशित हुनेछ ।’

म‌ंगलबार पनि बोर्डको बैठक बसेको थियो। उक्त बैठकले नतिजा प्रकाशनमा हतार नगर्न सुझाव दिएको थियो।गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए । पनिकाले गत वर्ष पनि असार ११ गते परीक्षाफल प्रकाशित गरेको थियो ।