७ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जी २० शिखर सम्मेलनका लागि नेताहरु जापान आउनेक्रम शुरु



अ+ अ-

ओशाका । चिनियाँ राष्ट्रपति सी चिनफिङ बीसवटा औद्योगिक राष्ट्रहरुको समूह (जी२०) को शिखर सम्मेलनमा सहभागी हुन बिहीबार जापानको ओशाका आइपुग्नुभएको छ ।

विश्वव्यापी व्यापारका सन्दर्भमा प्रमुख आद्योगिक राष्ट्रहरुबीच मतान्तर रहेकै समयमा हुन लागेको यस सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने चेतावनी दिनुभएको छ ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीच जारी व्यापार युद्ध नै यसपटकको शिखर बैठकको मुख्य कार्यसूची रहने अनुमान गरिएको छ । जी२० को शिखर सम्मेलन यही शुक्रबार बस्दैछ ।

जापान प्रस्थान गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकी बजार खुम्चिएसँगै चीनको अर्थतन्त्र निरन्तर ओरालो लागेको दाबी गर्नुभयो ।

चीनको व्यापारिक नीति आफ्ना लागि स्वीकार्य नरहेको बताउँदै राष्ट्रपति ट्रम्पले करिब २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गर्नुभएको छ । उहाँले चीनले आफ्ना नीतिमा सामयिक सुधार नगरे अरु थप सामानमा करवृद्धि गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले अन्तर्वार्ताका क्रममा भन्नुभयो, “मैले अझै पनि ३ खर्ब २५ अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गरेको छैन । यो वस्तुतथ्यलाई चीनले समयमै सम्बोधन नगरे करवृद्धि गर्नुको विकल्प छैन ।”विश्व बजारमा दुई मुलुक चीन र अमेरिकाले तत्कालै वार्ताद्वारा समस्या सुल्झाउने अपेक्षा गरेका छन् । विश्व अर्थतन्त्रमै करवृद्धिले नकारात्मक असर पर्न थालेको अनुमान गर्न थालिएको छ ।


अधिकांश विज्ञहरुले जी२० बैठकमा औपचारिक सम्झौता हुने सम्भावना क्षीण रहेको बताएका छन् । दुबै मुलुकबीच जारी व्यापार वार्ता समेत केही समयदेखि अबरुद्ध छ । जी२० बैठकमा व्यापारका अलावा इरान, भेनेजुएला र उत्तर कोरियाका विषय पनि प्रमुख कार्यसूचीमा रहेका छन् । साथै जलवायु परिवर्तन र बुढ्यौली जनसंख्याको व्यवस्थापन जस्ता विषयमा पनि बैठकमा छलफल हुने अनुमान छ ।