१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

जी २० शिखर सम्मेलनका लागि नेताहरु जापान आउनेक्रम शुरु

जी २० शिखर सम्मेलनका लागि नेताहरु जापान आउनेक्रम शुरु
अ अ+ अ-

ओशाका । चिनियाँ राष्ट्रपति सी चिनफिङ बीसवटा औद्योगिक राष्ट्रहरुको समूह (जी२०) को शिखर सम्मेलनमा सहभागी हुन बिहीबार जापानको ओशाका आइपुग्नुभएको छ ।

विश्वव्यापी व्यापारका सन्दर्भमा प्रमुख आद्योगिक राष्ट्रहरुबीच मतान्तर रहेकै समयमा हुन लागेको यस सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने चेतावनी दिनुभएको छ ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीच जारी व्यापार युद्ध नै यसपटकको शिखर बैठकको मुख्य कार्यसूची रहने अनुमान गरिएको छ । जी२० को शिखर सम्मेलन यही शुक्रबार बस्दैछ ।

जापान प्रस्थान गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकी बजार खुम्चिएसँगै चीनको अर्थतन्त्र निरन्तर ओरालो लागेको दाबी गर्नुभयो ।

चीनको व्यापारिक नीति आफ्ना लागि स्वीकार्य नरहेको बताउँदै राष्ट्रपति ट्रम्पले करिब २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गर्नुभएको छ । उहाँले चीनले आफ्ना नीतिमा सामयिक सुधार नगरे अरु थप सामानमा करवृद्धि गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले अन्तर्वार्ताका क्रममा भन्नुभयो, “मैले अझै पनि ३ खर्ब २५ अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गरेको छैन । यो वस्तुतथ्यलाई चीनले समयमै सम्बोधन नगरे करवृद्धि गर्नुको विकल्प छैन ।”विश्व बजारमा दुई मुलुक चीन र अमेरिकाले तत्कालै वार्ताद्वारा समस्या सुल्झाउने अपेक्षा गरेका छन् । विश्व अर्थतन्त्रमै करवृद्धिले नकारात्मक असर पर्न थालेको अनुमान गर्न थालिएको छ ।


अधिकांश विज्ञहरुले जी२० बैठकमा औपचारिक सम्झौता हुने सम्भावना क्षीण रहेको बताएका छन् । दुबै मुलुकबीच जारी व्यापार वार्ता समेत केही समयदेखि अबरुद्ध छ । जी२० बैठकमा व्यापारका अलावा इरान, भेनेजुएला र उत्तर कोरियाका विषय पनि प्रमुख कार्यसूचीमा रहेका छन् । साथै जलवायु परिवर्तन र बुढ्यौली जनसंख्याको व्यवस्थापन जस्ता विषयमा पनि बैठकमा छलफल हुने अनुमान छ ।