७ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमुख्यसचिव मल्लको निधन



अ+ अ-

काठमाडौं । पूर्वमुख्यसचिव बलरामसिंह मल्लको बिहीबार निधन भएको छ । मिर्गौलाको क्यान्सरबाट पीडित भएका उनको ७८ वर्षको उमेरमा बिहीबार बिहान ३ः१५ बजे मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको उनका भाइ राजुमानसिंह मल्लले जानकारी दिए ।

वीरगञ्जमा जन्मेका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि मिर्गौला फालिएको थियो ।उनका श्रीमती जमुना मल्ल, एक छोरा र तीन छोरी छन् । विसं २०४८ मा नेपाल सरकारको सचिवमा नियुक्त मल्ल २०५३ देखि २०५६ सालसम्म मुख्यसचिव भएका थिए ।

त्यसअघि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय र कानून मन्त्रालयको सचिव भएर काम गरेका थिए ।उनी जर्मनीका लागि नेपाली राजदूतसमेत थिए । मल्लको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई छोरा ब्रजेश मल्लले दागबत्ती दिएका थिए ।