१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री बिना मगरलाई कालो झन्डा देखाउने क्रममा घाइते भएकालाई कार्यकर्तालाई भेट्न पौडेल अस्पताल पुगे



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खानेपानी मन्त्री बिना मगरलाई कालो झन्डा देखाउने क्रममा भएको झडपमा घाइते भएकालाई आफ्ना कार्यकर्तालाई अस्पताल पुगेका छन् ।

गृहजिल्ला तथा आफ्नो चुनावी क्षेत्र कञ्चनपुरको पुनर्वास पुगेकी मगरलाई कालो झण्डा देखाउने क्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।

घाइतेमध्ये उपचारका लागि काठमाडौं ल्याइएको गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई भेट्न कांग्रेस वरिष्ठ नेता पौडेल बिहीबार बाँसबारीस्थित न्युरो अस्पताल पुगेका हुन् ।

घाइते कार्यकर्ता भेट्न अस्पताल पुगेका नेता पौडेलले प्रहरी प्रशासनको आडमा सत्तामा रहेको दलले गुण्डागर्दीको शैली अपनाएको बताए ।