काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले १८ लाख अवैध नगद सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहारको मोतिहारी थाना रक्सौल ग्राम पञ्चायत वडा नम्बर १३ मा बस्ने २० वर्षीय रञ्जन दास र वडा १७ भैसडामा बस्ने २९ वर्षीय बाला यादव रहेका छन्।
विशेष सूचनाका आधारमा प्रहरी टोलीले बुधबार दिउँसो उनीहरूले चलाएर आएका ना २५ प ३८५६ र ना ५८ प ८८३९ मोटरसाइकल चेकजाँच गर्दा छुकाइछिपाइ ल्याएको अठार लाख रुपैयाँ र ५ हजार ५० भारु बरामद गरेको हो।