११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

निगमले जापान, चीन र साउदीमा उडान गर्ने

निगमले जापान, चीन र साउदीमा उडान गर्ने
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो । निगमले साउदी उडानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि केही दिनअघि बोलपत्र आह्वान गरिसकेको छ । यात्रुदेखि कार्गो एजेन्टका लागिसमेत ग्लोबल बोलपत्र आह्वान गरेको हो । जीएसएको टुङुगो एक महीनाभित्र लाग्ने निगमले जनाएको छ । जीएसए प्रक्रिया पूरा गरी दशैँअघिनै साउदी अरबको रियाद विमानस्थलमा जहाज उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले राससलाई जानकारी दिनुभयो ।

“साउदी उडानका लागि बोलपत्र आह्वान गरिसकेका छौँ, साउदीको सिभिल एभिएसनलाई बोलाएर अडिट गरेपछि आगामी अक्टोबर महीनासम्म उडान शुरु गरिनेछ”, उहाँले भन्नुभयो । साउदीमा विशेष गरी रोजगारीका लागि जाने नेपाली युवालाई लक्षित गरेर उडान गर्न लागिएको छ । सकेसम्म दशैँअघि नै रियाद विमानस्थलमा जहाज उडान गर्ने योजनाका साथ आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेको निगमले जनाएको छ । यो गन्तव्यमा निगमले साताको तीन दिन ९सोमबार, बुधबार र शुक्रबार० उडान गर्ने योजना छ ।

निर्धारित योजनाअनुरुप निगमले भदौ १२ गते ९२९ अगष्ट २०१९० देखि काठमाडौँ–ओसाका सिधा नियमित उडान गर्ने तयारी गरेको छ । यसअघि निगमले असार १९ गतेदेखि ओसाका उडान गर्ने योजना बनाए पनि टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकूल रहेको भन्दै उडान तालिका परिवर्तन गरी भदौमा सारेको थियो । निगमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ ।

यस्तै, निगमले जापानको मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । निगमका अध्यक्ष मदन खरेलसहितको टोलीले हालै जापान सिभिल एभिएसनका अधिकारीसँग छलफल गरेको थियो । दुई पक्षीय बैठकपछि नारिता उडानका लागि सकारात्मक वातावरण बनेको सहायक प्रवक्ता कोइरालाले बताउनुभयो । नारिता उडानका लागि छिट्टै कागजात पठाइनेछ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

निगमले छिमेकी मुलुक चीनका विभिन्न गन्तव्यमा उडान गर्नका लागि आवश्यक पहल गरिरहेको छ । चीनको गोञ्जाओ उडानका लागि आवश्यक सबै कागजी प्रक्रिया पूरा भइसकेको निगमका प्रवक्ता कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “चीनको सिभिल एभिएसनले निगमको काजजातको सम्बोधन ‘डकुमेन्ट रेस्पोन्स’ गर्दै थप कागजात मागेकाले त्यो पनि पठाइसकेका छौँ अबको २० दिनभित्र उडान अनुमति पाउँछौँ ।” चीन नेपालका लागि उपयुक्त स्रोत बजार मानिन्छ । चीनबाट सन् २०१८ मा एक लाख ५३ हजार ६३३ पर्यटक आएका थिए ।

वाइडबडी ए ३३० जहाजबाट लामो गन्तव्यमा उडान भर्ने योजनाअनुरुप निगमले जापान, चीन,साउदीलगायत अन्य गन्तव्य पनि खोजी गर्दैछ । दक्षिण कोरियामा पनि उडानका लागि पहल गरिरहेको जनाएको छ । निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङगापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।