१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्रबिसे नगरपालिकालाई हराउँदै विराटनगरले जित्यो उपमेयर कपको उपाधि



अ+ अ-

काठमाडौं । विराटनगर महानगरपालिकाले उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा विहीबार भएको फाइनल खेलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टीमा ४–१ ले हराउँदै विराटनगरले उपाधि जितेको हो ।

दुबै टिमले ९० मिनेटको समयसम्म १–१ गोलको बराबरी खेलेका थिए । दुबै टिमले बराबरी खेलेपछि उपाधिको छिनोफानो पेनाल्टीबाट लागेको हो । सम्झना लावतीले २७ औं मिनेटमा गोल गर्दै बाह्रविसेलाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा लिएको अग्रतालाई बाह्रविसेले दोस्रो हाफमा पनि निरन्तर राख्न सफल भएन । खेलको ४७औं मिनेटमा जमुना मगरले गोल गर्दै विराटनगरलाई १–१ गोलको बराबरी दिलाएका थिए ।

विजेता विराटनगरले ट्रफिसँगै पाँच लाख रुपैयाँ नगद प्राप्त गरेको छ । यता, उपविजेता बाह्रविसेले भने तीन लाख पाएको छ ।