७ आश्विन २०८१, सोमबार
,
Latest
प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानका मुख्य कमाण्डरद्वारा आत्मसमर्पण



अ+ अ-
file photo

काठमाडौं । तालिबानका एकजना मुख्य कमाण्डरले आत्मसमर्पण गरेका छन् । उनले आजदेखि हत्या हिंसामा नलाग्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय प्रहरी कार्यालयमा पुगेर आफूसँग भएका हातहतियारहरु पनि बुझाएको जनाएका छन् ।

मलावी इस्लामुद्दिन नामका ती तालिबान उक्त संगठनका लागि लडाकू भर्ना गर्ने विभागका प्रमुख रहेका बताइएको छ । उनी अफगानिस्तान प्रहरीको खोजी सूचीमा रहेको पनि बताइएको छ । क्वारी बिलाल नामबाट पनि चिनिने उनले अफगानिस्तानको उत्तरी प्रान्त ताखरमा पुगेर त्यहाँ रहेको प्रहरी कार्यालयमा हात हतियार पनि बुझाएका उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल खलिल असिरले जानकारी दिएका हुन् ।

ती कमाण्डरले तखार प्रान्त र त्यसको छिमेकमा रहेको अर्को कुन्दुज प्रान्तका पनि ठूलो संख्याका युवाहरुलाई तालिबान संगठनमा भर्ना गर्ने भूमिका खेलेका बताइएको छ ।
प्रवक्ता अब्दुल असिरले भने– अफगान सुरक्षाकर्मीको खोजीको सूचीमा रहेका सो संगठनका एक वरिष्ठ कमाण्डर मालावीले अबदेखि हत्या हिंसामा नलाग्ने भनी प्रहरीसमक्ष हतियार बुझाएका छन् । उनलाई अफगानिस्तानको उत्तरी क्षेत्रकै एक वरिष्ठ कमाण्डर मानिएको छ । तर उनको बारेमा कुनै विस्तृत विवरण भने दिइएको छैन ।

प्रवक्ता असिरले अरु पनि तालिबान कमाण्डरहरुले हतियार विसाउने बारेमा हामीले जानकारी पाएका छौँ र उनीहरुले पनि आत्मसमर्पण गर्दैछन् भनेका छन् ।
यस विषयमा अफगानिस्तानमा हत्या हिंसा मच्चाइरहेका तालिबानहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।