१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानका मुख्य कमाण्डरद्वारा आत्मसमर्पण



अ+ अ-
file photo

काठमाडौं । तालिबानका एकजना मुख्य कमाण्डरले आत्मसमर्पण गरेका छन् । उनले आजदेखि हत्या हिंसामा नलाग्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय प्रहरी कार्यालयमा पुगेर आफूसँग भएका हातहतियारहरु पनि बुझाएको जनाएका छन् ।

मलावी इस्लामुद्दिन नामका ती तालिबान उक्त संगठनका लागि लडाकू भर्ना गर्ने विभागका प्रमुख रहेका बताइएको छ । उनी अफगानिस्तान प्रहरीको खोजी सूचीमा रहेको पनि बताइएको छ । क्वारी बिलाल नामबाट पनि चिनिने उनले अफगानिस्तानको उत्तरी प्रान्त ताखरमा पुगेर त्यहाँ रहेको प्रहरी कार्यालयमा हात हतियार पनि बुझाएका उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल खलिल असिरले जानकारी दिएका हुन् ।

ती कमाण्डरले तखार प्रान्त र त्यसको छिमेकमा रहेको अर्को कुन्दुज प्रान्तका पनि ठूलो संख्याका युवाहरुलाई तालिबान संगठनमा भर्ना गर्ने भूमिका खेलेका बताइएको छ ।
प्रवक्ता अब्दुल असिरले भने– अफगान सुरक्षाकर्मीको खोजीको सूचीमा रहेका सो संगठनका एक वरिष्ठ कमाण्डर मालावीले अबदेखि हत्या हिंसामा नलाग्ने भनी प्रहरीसमक्ष हतियार बुझाएका छन् । उनलाई अफगानिस्तानको उत्तरी क्षेत्रकै एक वरिष्ठ कमाण्डर मानिएको छ । तर उनको बारेमा कुनै विस्तृत विवरण भने दिइएको छैन ।

प्रवक्ता असिरले अरु पनि तालिबान कमाण्डरहरुले हतियार विसाउने बारेमा हामीले जानकारी पाएका छौँ र उनीहरुले पनि आत्मसमर्पण गर्दैछन् भनेका छन् ।
यस विषयमा अफगानिस्तानमा हत्या हिंसा मच्चाइरहेका तालिबानहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।