७ आश्विन २०८१, सोमबार
,
Latest
प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राउतले बाँडे ११४ छात्रालाई साइकल



अ+ अ-

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कक्षा ८ मा अध्ययनरत बालिकाहरुलाई साइकल बितरण गरेका छन् । उनले जनकपुरस्थित एक सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत ११४ जना बालिकालाई बिहीबार साइकल बितरण गरेका हुन् ।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गदैँ मुख्यमन्त्री राउतले यस कार्यक्रमले टाढा टाढाबाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गरे । मुख्यमन्त्री राउतले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरुलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपक्तिमा राख्ने सोच लिएको जानकारी समेत दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्रै नभई सरकारी सेवामा प्रवेश गराउन ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताए ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले छोरीहरुलाई शिक्षा र रोजगारका साथै आत्मरक्षाका लागि समेत सक्षम बनाउने गरी काम गरिरहेको बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश नं.२ भित्रका सामुदायिक विद्यालयहरुको कक्षा ८ मा पढने १४ हजार छात्रालाई साइकल वितरण गर्ने लक्ष्य राखेको छ ।