• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

गैरजिम्मेवार शिक्षक र लथालिंग व्यवस्थापन, खस्किए सामुदायिक विद्यालय



भक्तपुर । २०७५ सालको एसईईको नतिजा बिहीबार सार्वजनिक गरिएको छ। गत चैतमा सञ्चालित परीक्षामा चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी थिए ।

तीमध्ये तीन लाख २५ हजार तीन सय ३० (७०.८४ प्रतिशत) सामुदायिक र एक लाख ३३ हजार नौ सय ४५ (२९.१६ प्रतिशत) निजी विद्यालयका छन् ।

नतिजाअनुसार १७ हजार पाँच सय ८० विद्यार्थीले ए प्लस ग्रेड अंक ल्याएका छन्। तीमध्ये सामुदायिक विद्यालयका दुई हजार सात सय ९२ परीक्षार्थीले ए प्लस ल्याएका छन्। जुन १५.८८ प्रतिशत मात्रै हो। निजी विद्यालयका ८४.१२ प्रतिशत अर्थात् १४ हजार सात सय ८८ जना परीक्षार्थीले ए प्लस ल्याएका छन्।

त्यस्तै ए ग्रेड ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी पनि संस्थागत एवं निजी विद्यालयको तुलनामा न्यून छन्। कुल ५१ हजार एक सय ३७ ए ग्रेड ल्याउने परीक्षार्थीमध्ये सामुदायिक विद्यालयका ११ हजार दुई सय २३ अर्थात् २१.९४ प्रतिशत छ। जुन ए प्लस ग्रेडभन्दा ६ प्रतिशत बढी हो। निजी एवं संस्थागत विद्यालयका ७८।०६ प्रतिशत अर्थात् ३९ हजार नौ सय १४ जना परीक्षार्थीले ए ग्रेड ल्याएका छन्।

बी प्लस ग्रेड ल्याउने परीक्षार्थीतर्फ पनि सामुदायिकलाई निजीले उछिनेको छ। कुल ६३ हजार सात सय ४१ परीक्षार्थीको बी प्लस छ। सामुदायिकका ४१.३६ प्रतिशत अर्थात् २६ हजार तीन सय ६६ परीक्षार्थीले बी प्लस ल्याएका छन्। निजी विद्यालयका ५८.६४ प्रतिशत अर्थात् ३७ हजार तीन सय ७५ जनाले बी प्लस ग्रेड ल्याए।

बी, सी प्लस, सी, डी प्लस र डी ग्रेड आउने परीक्षार्थीमा सामुदायिक विद्यालयका विद्यार्थी बढी छन्। बीमा ७६ हजार पाँच सय ६४, सी प्लसमा ९८ हजार दुई सय सात, सीमा ९५ हजार तीन सय सात, डी प्लसमा ४३ हजार आठ सय ४१ र डीमा चार हजार चार सय २९ जना छन्।

सामुदायिकबाट बी ग्रेडमा ५३ हजार सात सय ३०, सी प्लस ग्रेडमा ८७ हजार चार सय ४२, सी ग्रेडमा ९० हजार चार सय ४५, डी प्लसमा ४२ हजार तीन सय ६३ र डी ग्रेडमा चार हजार दुई सय ९६ जना परीक्षार्थी छन्।

निजी विद्यालयतर्फ बी ग्रेडमा २२ हजार आठ सय ३४, सी प्लस ग्रेडमा १० हजार सात सय ६५, सी ग्रेडमा चार हजार आठ सय ६२, डी प्लसमा एक हजार चार सय ७८ र डी ग्रेडमा एक सय ३३ परीक्षार्थी छन्।

समाजवाद उन्मुख अर्थ व्यवस्था अँगालेको मुलुकमा सामुदायिक विद्यालयको नतिजाले व्यवस्थाप्रति व्यंग्य गरेको शिक्षाविद्को टिप्पणी छ।

अधिकांश सामुदायिक विद्यालयमा व्यवस्थापन लथालिंग रहेको र शिक्षक जिम्मेवार नहुँदा नतिजा खस्केको शिक्षाविद् बताउँछन्। एसईई नतिजाअनुसार ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी सामुदायिक भन्दा निजीका विद्यार्थी सात गुणा बढी छन्।

शिक्षाविद् केदारभक्त माथेमाले समाजवाद उन्मुख व्यवस्था अँगालेको अवस्थामा सामुदायिक विद्यालयको अवस्था दयनीय देखिनु दुःखदायी भएको बताए। उनले भने, ‘सामुदायिक विद्यालयलाई राजनीतिको थलो र शिक्षकलाई कार्यकर्ता बनाउने राजनीतिक दलले नै यसको जिम्मेवारी लिनुपर्छ। यस्तो नतिजाले सामुदायिक विद्यालयमा कसरी विद्यार्थीको आकर्षण बढाउन सकिन्छ ? ’

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न व्यवस्थापकीय र शिक्षकबीच आपसी छलफल नहुने शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्। ‘अधिकांश सामुदायिक विद्यालयको नतिजा निराशाजनक छ। सामुदायिक विद्यालयका विद्यार्थी भीड (मास) हुन् र निजी विद्यालयका विद्यार्थी (क्लास) का रूपमा लिने प्रवृत्ति देखियो। शैक्षिक सुधारका लागि सामुदायिक विद्यालयमा चिन्तन–मनन नै भएन’, कोइरालाले भनेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।