७ आश्विन २०८१, सोमबार
,
Latest
प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोजक ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश, आगामी भेट काे सँग ?



अ+ अ-

काठमाडौँ । आयोजक ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनलको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पेनाल्टी सुटआउटमा ब्राजिलका लागि विलियन, मार्किनोस, फिलिप काउटिन्हो र गाब्रियल जेससले गोल गरेका थिए। चौथो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका रोबर्टो फिर्मिनोको प्रहार भने आउट भएको थियो।

पाराग्वेका लागि अल्मिरोन, भाल्डेज र जुवान रोद्रिगो रोजासले गोल गरे। तर पहिलो नम्बरमा पेनाल्टि हान्न आएका गुस्ताफो गोमेजको प्रहारलाई ब्राजिलका गोलकिपर एलिन्सनले रोकेका थिए। यस्तै पाँचौ नम्बरमा पेनाल्टी हानेका डेर्लिस गोन्जालेजको प्रहार आकासियो।

त्यसअघि ५८ औं मिनेटमा फाबियल भल्बुएनाले रातो कार्ड पाएपछि पाराग्वे दश खेलाडीमा झरेको थियो । एक खेलाडी कम भएको अवस्थामा पनि ब्राजिलले पाराग्वे विरुद्ध गोल गर्न सकेन । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको हो ।

प्रतियोगिताअन्तर्गत शुक्रबार मध्य रात पौने १ बजे भेनेजुएला र अर्जेन्टिनाबीच खेल हुँदैछ। यस्तै शनिबार सवेर विहान पौने पाँच बजे कोलम्बिया र चिली भिड्नेछन्।