१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोजक ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश, आगामी भेट काे सँग ?



अ+ अ-

काठमाडौँ । आयोजक ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनलको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पेनाल्टी सुटआउटमा ब्राजिलका लागि विलियन, मार्किनोस, फिलिप काउटिन्हो र गाब्रियल जेससले गोल गरेका थिए। चौथो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका रोबर्टो फिर्मिनोको प्रहार भने आउट भएको थियो।

पाराग्वेका लागि अल्मिरोन, भाल्डेज र जुवान रोद्रिगो रोजासले गोल गरे। तर पहिलो नम्बरमा पेनाल्टि हान्न आएका गुस्ताफो गोमेजको प्रहारलाई ब्राजिलका गोलकिपर एलिन्सनले रोकेका थिए। यस्तै पाँचौ नम्बरमा पेनाल्टी हानेका डेर्लिस गोन्जालेजको प्रहार आकासियो।

त्यसअघि ५८ औं मिनेटमा फाबियल भल्बुएनाले रातो कार्ड पाएपछि पाराग्वे दश खेलाडीमा झरेको थियो । एक खेलाडी कम भएको अवस्थामा पनि ब्राजिलले पाराग्वे विरुद्ध गोल गर्न सकेन । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको हो ।

प्रतियोगिताअन्तर्गत शुक्रबार मध्य रात पौने १ बजे भेनेजुएला र अर्जेन्टिनाबीच खेल हुँदैछ। यस्तै शनिबार सवेर विहान पौने पाँच बजे कोलम्बिया र चिली भिड्नेछन्।