१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘धर्ती माता’ पक्राउ, पीडितलाई उजुरी दिन आग्रह



अ+ अ-

काठमाडौं । आफूलाई ‘धर्ती माता’ दावी गर्दै आएकी विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । उनले नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ बताएर युवतीलाई यातना दिएकी थिइन् ।

कुँवरलाई काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो । बुटवल बस्ने कुँवरले आफूमा तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै एक साताअघि उनले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएकी थिइन् ।

युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान सुरु भएको थियो ।

प्रहरीले हालसम्म पीडितलाई भने भेटेको छैन । यद्यपि, पीडितलाई उजुरी दिन आग्रह गरिएको छ ।