११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

“नेयमारलाई बार्सिलोना फर्काउने कुरा पिएसजीसँग गरेको छैन”

“नेयमारलाई बार्सिलोना फर्काउने कुरा पिएसजीसँग गरेको छैन”
अ अ+ अ-

काठमाडौं । बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डोनरले ब्राजिलियन फुटबलर नेयमार बार्सिलोना फर्कन चाहेको स्वीकार गरेका छन् । तर सञ्चार माध्यममा आए जस्तो उनी बार्सिलोना आउने पक्का भने नभएको प्रष्ट पारे ।उनका अनुसार नेयमार बार्सिलोना फर्किन चाहे पनि पिएसजीसँग कुनै कुरा भएको छैन।

‘नेयमार बार्सिलोना आउन चाहन्छन्, यो हो । तर बार्सिलोनाले उनलाई भित्र्याउन कुरा गरेका छैन’ उनले भनेका छन् ।लियोनल मेस्सी लगायत बार्सिलोनाका खेलाडीले नेयमारसँग पूनः सँगै खेल्न पाउने आश देखाएका छन्। तर उपाध्यक्ष कार्डोनरले नेयमारलाई भित्राउनेबारे अनौनपचाकि रुपमा पनि छलफल सुरु नभएको बताए।

सन् २०१७ मात्रै नेयमार पिएसजीसँग आवद्ध भएका थिए । नेयमार बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) गए, त्यसबेला सम्बन्ध तिक्ततापूर्ण थियो । त्यसतर्फ संकेत गर्दै उनले भने, ‘नेयमारले क्लब छाड्दाका धेरै कुरा छन्, जुन हामीलाई मन परेको छैन । धेरै कुरा सुल्झन बाँकी छ ।’

उनले नेयमार मात्र नभई थुप्रै स्टार खेलाडीहरु क्लबमा आउन चाहेको समेत दाबी गरेका छन् ।यदि नेयमार पुनः बार्सिलोना फर्किए वार्षिक तलबमा समेत कटौती हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

हाल नेयमारले पिएसजीबाट खेल्दा वार्षिक ३६. ८ मिलियन युरो कमाउँछन् । तर यदि बार्सिलोना फर्किए भने उनको वार्षिक तलब घटेर २४ मिलियन युरो हुन सक्ने स्पोर्टसले जनाएको छ । गत हप्ता म्यान्चेष्टर युनाइटेडले पल पोग्बाको स्थानमा नेयमारलाई भित्र्याउने चाहना राखेको थियो । तर पिएसजीले उच्च रकम अफर गरेपछि युनाइटेड पछि हटेको थियो ।