७ आश्विन २०८१, सोमबार
,
Latest
प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

“नेयमारलाई बार्सिलोना फर्काउने कुरा पिएसजीसँग गरेको छैन”



अ+ अ-

काठमाडौं । बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डोनरले ब्राजिलियन फुटबलर नेयमार बार्सिलोना फर्कन चाहेको स्वीकार गरेका छन् । तर सञ्चार माध्यममा आए जस्तो उनी बार्सिलोना आउने पक्का भने नभएको प्रष्ट पारे ।उनका अनुसार नेयमार बार्सिलोना फर्किन चाहे पनि पिएसजीसँग कुनै कुरा भएको छैन।

‘नेयमार बार्सिलोना आउन चाहन्छन्, यो हो । तर बार्सिलोनाले उनलाई भित्र्याउन कुरा गरेका छैन’ उनले भनेका छन् ।लियोनल मेस्सी लगायत बार्सिलोनाका खेलाडीले नेयमारसँग पूनः सँगै खेल्न पाउने आश देखाएका छन्। तर उपाध्यक्ष कार्डोनरले नेयमारलाई भित्राउनेबारे अनौनपचाकि रुपमा पनि छलफल सुरु नभएको बताए।

सन् २०१७ मात्रै नेयमार पिएसजीसँग आवद्ध भएका थिए । नेयमार बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) गए, त्यसबेला सम्बन्ध तिक्ततापूर्ण थियो । त्यसतर्फ संकेत गर्दै उनले भने, ‘नेयमारले क्लब छाड्दाका धेरै कुरा छन्, जुन हामीलाई मन परेको छैन । धेरै कुरा सुल्झन बाँकी छ ।’

उनले नेयमार मात्र नभई थुप्रै स्टार खेलाडीहरु क्लबमा आउन चाहेको समेत दाबी गरेका छन् ।यदि नेयमार पुनः बार्सिलोना फर्किए वार्षिक तलबमा समेत कटौती हुन सक्ने समाचारमा उल्लेख गरिएको छ ।

हाल नेयमारले पिएसजीबाट खेल्दा वार्षिक ३६. ८ मिलियन युरो कमाउँछन् । तर यदि बार्सिलोना फर्किए भने उनको वार्षिक तलब घटेर २४ मिलियन युरो हुन सक्ने स्पोर्टसले जनाएको छ । गत हप्ता म्यान्चेष्टर युनाइटेडले पल पोग्बाको स्थानमा नेयमारलाई भित्र्याउने चाहना राखेको थियो । तर पिएसजीले उच्च रकम अफर गरेपछि युनाइटेड पछि हटेको थियो ।