१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाबाट आज बजेटसँग सम्बन्धित सबै विधेयक पास गरिदैँ



अ+ अ-

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । अपराह्न ४ बजे बस्ने बैठकमा सरकारले पेस गरेका बजेटसँग सम्बन्धित सबै विधेयक पास गरिने भएको छ ।

सरकारले पेस गरेका बजेटसँग आश्रित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयकमाथि दफावार छलफलपछि पारित गर्ने कार्यसूची छ ।

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

बैठकमा विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदनसमेत पेश गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।