११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कृति, संस्कृति र धार्मिकताको आकर्षण स्वर्गद्वारी

कृति, संस्कृति र धार्मिकताको आकर्षण स्वर्गद्वारी
अ अ+ अ-

प्युठान । स्वर्गद्वारी अर्थात स्वर्गको ढोका । शाब्दिक अर्थमा पनि स्वर्ग भन्नाले कुनै किसिमको दुःख, अशान्ति असर पार्न नसक्ने स्थान विशेषलाई बुझाउँछ । शब्दमा वर्णन गरे जस्तै प्रकृति, संस्कृति र धार्मिकताको अनुपम सङ्गम बनेको प्यूठानको धार्मिक पर्यटकीय स्थल हो स्वर्गद्वारी । यो नेपालका महत्वपूर्ण धार्मिक तीर्थस्थलमध्येको एक हो । यहाँ नपुगेसम्म हिन्दूहरूको तीर्थयात्रा अपुरो बन्ने जनविश्वासका कारण पनि यहाँ वर्षेनी ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायाले बताए ।

समुद्री सतहबाट दुई हजार १२२ मिटर उचाइमा अवस्थित रमणीय यसै तीर्थस्थलमा परापूर्वकालमा ऋषिमुनिले साधना गरी स्वर्ग गएकाले यस स्थानको नाम स्वर्गद्वारी रहेको किंवदन्ती छ । प्यूठानको भिङ्ग्री बजारदेखि विगतमा करीब तीन घण्टा हिँडेर यस स्थानमा पुग्ने गरिएकामा पछिल्ला समयमा भने मुख्य प्रवेशद्वार धरमपानीसम्म यातायातका साधन पुगेका कारण दर्शनार्थीलाई निकै सहज भएको छ ।

मुख्य प्रवेशद्वारबाट मन्दिर परिसरमा पुग्नका लागि भने ५८२ वटा सिंढी चढ्नुपर्छ । सिढी उक्लने क्रममा शरिरमा केही थकान भए पनि आश्रम परिसरकै ढोकामा पुगेपछि भने स्वर्गीय आनन्द प्राप्त हुन्छ । अत्यन्त गर्मी समयमा पनि मन्दिर परिसरमा आइरहने सिरसिरे हावाले जो कोहीको थकाइ विर्साइदिन्छ । मन्दिर परिसरमा गुन्जिरहने वेदध्वनिले त्यहाँ पुग्ने पर्यटकले छुट्टै अनुभूति गर्ने गरेका छन् । भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्मको झण्डै साढे १३ किमि कच्ची बाटो भएकाले त्यसलाई कालोपत्रे गर्ने तयारी भइरहेको नगर प्रमुख रोकायाले जानकारी दिए ।

यस तीर्थस्थलमा आएर दर्शन गर्ने जो कोहीको मनोकांक्षा पूरा हुने गरेको विश्वासका आधारमा दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको स्वर्गद्वारी नगरपालिका–९ का वडाध्यक्ष नरबहादुर विएमले बताए । स्वर्गद्वारी प्रकृति, संस्कृति र धार्मिकताको केन्द्र बनेको उल्लेख गर्दै उनले यसप्रतिको आस्था, विश्वासलाई कायम गराउन पूर्वाधार विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए ।

स्वगद्वारीमा सबैभन्दा ठूलो मेला वैशाख शुक्ल पूर्णिमाको दिन लाग्छ । तीर्थस्थलभित्रको आश्रम परिसरमा महाप्रभूले रचना गरेका विभिन्न श्लोक, त्यहाँ पालना गर्नुपर्ने शर्त वा नियम आदि उल्लेख छ । तीर्थयात्रीले यहाँ रहेको प्रभू गुफा अर्थात महाप्रभूको समाधि स्थलको दर्शन गर्दछन् ।

मन्दिर परिसरभित्र लघुरुद्री, वेदपाठ गर्न धर्मशालाको निर्माण गरिएको छ भने यज्ञशालाको माझमा ठूलो हवन कुण्ड रहेको छ । हवन कुण्डमा महाप्रभूले आफनो मन्त्रको प्रभावमा आगो प्रज्वलित गर्नुभएको भन्ने जनविश्वास छ ।

स्वर्गद्वारी दर्शनका लागि स्वदेशका विभिन्न स्थानका साथै भारतका विभिन्न ठाउँबाट दर्शनार्थी आउने गरेको वडा अध्यक्ष विएमले जानकारी दिए । आश्रम परिसरमा नै भण्डार घर, पुस्तकालय भवन, वेदाश्रम, कुटीलगायतका संरचना निर्माण गरिएको छ ।

स्वर्गद्वारीको अर्को आकर्षण यहाँस्थित गौशाला हो । स्वर्गद्वारी महाप्रभूले विसं १९५२ वैशाख शुक्ल पूर्णिका दिन उक्त स्थानमा महायज्ञ सुरु गर्नुभएकामा त्यसै समयमा एउटा गाईबाट गौशालाको थालनी भएको स्वर्गद्वारी आश्रम सञ्चालक समितिका कोषाध्यक्ष वासु भट्टराईले जानकारी दिए । हाल गौशालामा ३५० वटा गाई छन् ।

उनका अनुसार समितिको सक्रियतामा पुरातत्व विभागबाट त्यहाँस्थित यज्ञशालाको मर्मत हुँदैछ । नेपाल पर्यटन बोर्डले सिंढीमा ढुङ्गा बिच्छ्याउने कामका लागि २५ लाख रुपैयाँ छुट्याएको छ । प्रदेश नं ५ को समाजिक विकास मन्त्रालयको सहयोगमा धरमपानीमा गौशाला निर्माण भैरहेको र प्यूठानका व्यापारी मेघराज कक्षपतीको सहयोगमा धर्मशाला निर्माण कार्य भइरहेको उनले जानकारी दिए ।

पोखरेली पर्यटन व्यवसायीको चासो

स्वर्गद्वारीको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न पोखरेली पर्यटन व्यवसायीले चासो देखाएका छन् । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवम् पर्यटन यातायात समिति, पोखराको आयोजनामा हालै स्वर्गद्वारीको प्रवद्र्धनात्मक भ्रमण गरिएको समितिका अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिए ।

भ्रमणका क्रममा अत्याधिक धार्मिक पर्यटक पुग्ने स्थल भएर पनि त्यहाँका स्थानीयवासीले अधिकतम लाभ लिन नसकेको आँफूहरूले पाएको उनले बताए । नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले स्वर्गद्वारीबाट त्यहाँस्थित नगरपालिका एवम् स्थानीयवासीले लाभ लिन सक्ने गरी पूर्वाधार विकास गर्दै व्यवसायिकतामा जोड दिनुपर्ने धारणा राखे ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले स्वर्गद्वारीको पर्यटकीय आकर्षणलाई अधिकतम उपयोग गर्न सक्ने गरी प्रभावकारी व्यवस्थापन एवम् पर्यटक लक्षित पूर्वाधार विकास आवश्यक रहेकामा जोड दिए । स्वर्गद्वारीलाई पोखराको पर्यटनसँग जोड्न आफूहरू तयार रहेको थापाको भनाइ छ ।