१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनका बिनोदलाई मृत्युदण्ड हुने खबर हल्ला मात्र हो



अ+ अ-

काठमाडौं । कतारस्थित नेपाली दूतावासले भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका चितवनका बिनोद रानाभाटलाई मृत्युदण्ड हुने खबर हल्ला मात्र भएको स्पष्ट पारेको छ।

दूतावासले असार ८ गते विज्ञप्ति जारी गर्दै रानाभाटलाई कतारको अदालतले तीन वर्ष सजाय र २ लाख ६० हजार कतारी रियाल ब्लड मनी तिर्नुपर्ने गरी सजाय तोकेको र त्यही अनुसारको कारबाही सुनाइएको उल्लेख गरिएको छ ।

आदेशअनुसार ३० अक्टोबर २०१९ मा तीन वर्षको सजाय सकिने र ब्लड मनी रुवरुपको जरिवना तिरे जेल मुक्त हुने जनाइएको छ ।

यसअघि कतारस्थित अलग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहेका रानाभाटलाई कतारमा मृत्युदण्ड दिइएको हल्ला फैलाइएको थियो। बैदेशिक रोजगारीमा रहँदा सम्झौता अनुसारको काम गरिरहेका रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारत सनैयाका अर्का कामदारको मृत्यु हुन पुगेको थियो।

उनलाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्दा चलाएको थियो। ब्लड मनीका लागि अहिले देश बिदेशमा रहेका विभिन्न संघसंगठनकाहरुले समाजिक संजालमा सहयोग गर्नका निम्ति अभियान चलाएका छन् ।