१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

डार्फरमा शान्ति सेनाको म्याद चार महिना थप



अ+ अ-
फाइल फोटो

संयुक्तराष्ट्र संघ । सुडानको डार्फरमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकको म्याद अरु चार महिना थप्न सुरक्षा परिषदले स्वीकृति दिएको छ ।

राष्ट्रसंघ सुरक्षा परिषदले डार्फरमा युनामिडको म्याद आगामी अक्टोबर ३१ सम्म मात्र थप गरेको हो । यसअघि डार्फरमा तैनाथ शान्ति सेनाको म्याद एकएक वर्ष थप्ने गरिएको थियो । साथै, एक वर्षअघि शान्ति मिसनमा कार्यरत सैनिकको संख्या कटौती गर्ने निर्णय भए पनि त्यसलाई यथावत राखिएको छ ।

सन् २०१८ को जुलाईमा बसेको सुरक्षा परिषद बैठकले एक प्रस्ताव पारित गरी डार्फर मिसन सन् २०२० को जुन महिनाबाट हटाउन सक्ने निर्णय गरेको थियो ।

तर सुडानमा भएका पछिल्ला राजनीतिक घटनाक्रमले शान्ति मिसन बन्द गर्न वा शान्ति सेनाको संख्या कटौती गर्न निकै कठिन रहेको सुक्षा परिषदको प्रतिवेदनमा उल्लेख छ ।

गत अप्रिल ११ मा सुडानका राष्ट्रपति ओमार अल बासिरविरुद्ध राष्ट्रव्यापी प्रदर्शन तिब्र भएसँगै सेनाले नै बासिरलाई सत्ताच्यूत गरेपछि सुडानको स्थिति निकै कमजोर बनेको छ । अहिले संक्रमणकालीन सैनिक परिषदले मुलुकको शासन सञ्चालन गरिरहेको छ ।

सुडानमा तैनाथ शान्ति मिसनबाट सैनिक कटौती गर्न सुडानमा अन्तर्राष्ट्रिय रुपमै मान्यताप्राप्त सरकार गठन हुनुपर्ने राष्ट्रसंघीय सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रले बताएका छन् ।