११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

क्वाटरफाइनलमा आज अर्जेन्टिनाले भेनेजुएलाविरुद्ध खेल्दै, मेस्सीको भेट कौन्टिन्होसँग होला त ?

क्वाटरफाइनलमा आज अर्जेन्टिनाले भेनेजुएलाविरुद्ध खेल्दै, मेस्सीको भेट कौन्टिन्होसँग होला त ?
अ अ+ अ-

काठमाडौं । कोपा अमेरिका–२०१९ को दोस्रो क्वाटरफाइनल खेलमा आज अर्जेन्टिनाले भेनेजुएलाविरुद्ध खेल्ने भएको छ ।

नेपाली समयअनुसार शनिबार बिहान १२ः४५ बजेबाट सुरु हुने खेलमा समूह ‘बी’को उपविजेता बनेर क्वार्टरफाइनलमा प्रवेश गरेको अर्जेन्टिना सेमिफाइनलमा आफ्नो भेट ब्राजिलसँग पक्का गर्न दाउमा रहनेछ । यता समूह ‘ए’को उपविजेता बनेर क्वार्टरफाइनलमा प्रवेश गरेको भेनेजुएला अर्जेन्टिनालाई पराजित गरि आफ्नो जित दर्ता गर्ने दाउमा रहेको छ ।

यता अर्जेन्टिना गत मार्चमा भएको मैत्रीपूर्णा खेलमा भेनेजुएलासँग ३–१ले पराजित भएको थियो । त्यसयता दुई टिम अफिसियल प्रतियोगितामा भिड्न लागेको हुनाले अर्जेन्टिना भेनेजुएलासँग उक्त हारको बदला लिने दाउमा हुनेछ ।

यता आज बिहान भएको खेलमा आयोजक ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।पहिलो क्वाटरफाइनलको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पेनाल्टी सुटआउटमा ब्राजिलका लागि विलियन, मार्किनोस, फिलिप काउटिन्हो र गाब्रियल जेससले गोल गरेका थिए। चौथो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका रोबर्टो फिर्मिनोको प्रहार भने आउट भएको थियो।

पाराग्वेका लागि अल्मिरोन, भाल्डेज र जुवान रोद्रिगो रोजासले गोल गरे। तर पहिलो नम्बरमा पेनाल्टि हान्न आएका गुस्ताफो गोमेजको प्रहारलाई ब्राजिलका गोलकिपर एलिन्सनले रोकेका थिए। यस्तै पाँचौ नम्बरमा पेनाल्टी हानेका डेर्लिस गोन्जालेजको प्रहार आकासियो।

त्यसअघि ५८ औं मिनेटमा फाबियल भल्बुएनाले रातो कार्ड पाएपछि पाराग्वे दश खेलाडीमा झरेको थियो । एक खेलाडी कम भएको अवस्थामा पनि ब्राजिलले पाराग्वे विरुद्ध गोल गर्न सकेन । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको हो ।

प्रतियोगिताअन्तर्गत शनिबार सवेर विहान पौने पाँच बजे कोलम्बिया र चिली भिड्नेछन्।