११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

इटहरीका मेयरलाई कारवाही गर्न सत्ता पक्ष सांसदकै माग

इटहरीका मेयरलाई कारवाही गर्न सत्ता पक्ष सांसदकै माग
अ अ+ अ-

काठमाडौं । सत्ता पक्ष दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसका सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारवाही गर्न माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले महिलामाथि अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका हुन ।नेकपा नेतृ तथा सांसद विन्दा पाण्डेले शुक्रबार प्रतिनिधिसभा बैठकमा भनिन्, ‘स्थानीय तहदेखि संघीय तहसम्मका कतिपय जनप्रतिनिधिका अभिव्यक्तिले मतदाताको समेत शीर निहुर्‍याउनु पर्ने अवस्था देखिएको छ ।’

जनप्रतिनिधिको बोली अशिष्ट मात्रै होइन आपराधिक समेत भएको सांसद पाण्डेको भनाई छ । उनी भन्छिन्, ‘गल्ती अनुसारको कारवाही सबैलाई हुन्छ भन्ने सन्देश प्रवाह गर्न त्यस्ता अभिव्यक्ति दिनेमाथि यथाशीघ्र कारवाहीको प्रक्रिया अगाडि बढाइयोस् ।’

कांग्रेस कोषाध्यक्ष समेत रहेकी सांसद सीतादेवी यादवले सम्पूर्ण महिलामाथि अपमानजनक शब्द प्रयोग गर्दा पनि मेयरलाई अहिलेसम्म कारवाही किन नगरेको भन्ने प्रश्न गरिन् । उनले बैठकमा भनिन्, ‘यस्तो घृणित काम गर्ने मेयरलाई तुरुन्त कारवाही गर्न जोडदार माग गर्दछु ।

अर्की सांसद लक्ष्मी परियारले इटहरी नगरपालिकाका मेयरले अपमानजनक शब्द प्रयोग गरेर महिलाको इज्जतमाथि खेलवाड गरेको बताइन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले इटहरीका मेयर चौधरीले नारीको अपमान गरेको भन्दै यो घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

‘सबैको घरमा आमा छन्, सहयात्री छन्, सबैको घरमा छोरी बुहारी छन्, त्यसैले नारीको अपमान गर्ने कार्य हाम्रो पार्टीले घोर विरोध गर्छ, कुनै पनि जनप्रतिनिधिले कुनै पनि नेपालीले नारीमाथि अपमान गर्ने छुट छैन, त्यसमा सरकार गम्भीर बनोस् यस्ता विचार अभिव्यक्त गर्नेहरु पनि सच्चियुन्’ उनले भने ।