७ आश्विन २०८१, सोमबार
,
Latest
प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरीका मेयरलाई कारवाही गर्न सत्ता पक्ष सांसदकै माग



अ+ अ-

काठमाडौं । सत्ता पक्ष दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसका सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारवाही गर्न माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले महिलामाथि अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका हुन ।नेकपा नेतृ तथा सांसद विन्दा पाण्डेले शुक्रबार प्रतिनिधिसभा बैठकमा भनिन्, ‘स्थानीय तहदेखि संघीय तहसम्मका कतिपय जनप्रतिनिधिका अभिव्यक्तिले मतदाताको समेत शीर निहुर्‍याउनु पर्ने अवस्था देखिएको छ ।’

जनप्रतिनिधिको बोली अशिष्ट मात्रै होइन आपराधिक समेत भएको सांसद पाण्डेको भनाई छ । उनी भन्छिन्, ‘गल्ती अनुसारको कारवाही सबैलाई हुन्छ भन्ने सन्देश प्रवाह गर्न त्यस्ता अभिव्यक्ति दिनेमाथि यथाशीघ्र कारवाहीको प्रक्रिया अगाडि बढाइयोस् ।’

कांग्रेस कोषाध्यक्ष समेत रहेकी सांसद सीतादेवी यादवले सम्पूर्ण महिलामाथि अपमानजनक शब्द प्रयोग गर्दा पनि मेयरलाई अहिलेसम्म कारवाही किन नगरेको भन्ने प्रश्न गरिन् । उनले बैठकमा भनिन्, ‘यस्तो घृणित काम गर्ने मेयरलाई तुरुन्त कारवाही गर्न जोडदार माग गर्दछु ।

अर्की सांसद लक्ष्मी परियारले इटहरी नगरपालिकाका मेयरले अपमानजनक शब्द प्रयोग गरेर महिलाको इज्जतमाथि खेलवाड गरेको बताइन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले इटहरीका मेयर चौधरीले नारीको अपमान गरेको भन्दै यो घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

‘सबैको घरमा आमा छन्, सहयात्री छन्, सबैको घरमा छोरी बुहारी छन्, त्यसैले नारीको अपमान गर्ने कार्य हाम्रो पार्टीले घोर विरोध गर्छ, कुनै पनि जनप्रतिनिधिले कुनै पनि नेपालीले नारीमाथि अपमान गर्ने छुट छैन, त्यसमा सरकार गम्भीर बनोस् यस्ता विचार अभिव्यक्त गर्नेहरु पनि सच्चियुन्’ उनले भने ।