१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाहीमा छ आतङ्ककारीका मारिए



अ+ अ-

गार्डेज । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टियामा आतङ्ककारीविरुद्ध प्रहरी गरेको कारबाहीको क्रममा हक्कानी सञ्जालका कम्तीमा छ सदस्य मारिएका छन् । प्रान्तीय प्रशासनले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।

पाक्टिया प्रान्तको गर्डिसिराई जिल्लामा जारी सुरक्षा कारबाहीको क्रममा तालिबान लडाकू समूहआवद्ध सात हक्कानी सञ्जालका सदस्यहरु पक्राउ परेका पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षा अधिकारी र सर्वसाधारणको हताहत नभएको जारी विज्ञप्तिमा जनाइएको छ । तालिबान लडाकू समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।