१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिका र मोजाम्बिकबीच छलफल



अ+ अ-

प्रिटोरिया । दक्षिण अफ्रिकी सरकारले यसै महिना मोजाम्बिकसँगको सीमामा दुई जना मोजाम्बिकका प्रहरीको गोली हानी हत्या भएको घटनाप्रति छानबिन गर्ने जनाएको छ ।

दक्षिण अफ्रिकी मन्त्री ज्याक्सन मेथेम्बुले प्रिटोरियामा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाका बारेमा छलफल गर्न दक्षिण अफ्रिकी उच्चस्तरीय टोलीले मोजाम्बिकको भ्रमण गर्ने जानकारी दिनुभयो ।

दक्षिण अफ्रिकी टोलीमा दक्षिण अफ्रिकी राष्ट्रिय प्रतिरक्षा बल र प्रहरीका उच्च अधिकारीहरुको सहभागिता रहनेछ ।दुई देशीय सीमामा भएको उक्त घटनाका बारेमा अध्ययन भइरहेको दक्षिण अफ्रिकी प्रहरीले जनाएको छ ।

मन्त्री मेथेम्बुले छिमेकी मुलुक मोजाम्बिकका नागरिकमाथि भएको यस्तो आक्रमणले दुःखी बनाएको बताउँदै घटनाका बारेमा तथ्य सार्वजनिक गरिने बताउनुभयो ।