११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

सडक सभ्यता अभिवृद्धि : ट्राफिकको मात्रै जिम्मेवारी भनेर नपन्छौँ

सडक सभ्यता अभिवृद्धि : ट्राफिकको मात्रै जिम्मेवारी भनेर नपन्छौँ
अ अ+ अ-

काठमाडौं । सडक सभ्यताको अभिवृद्धिका लागि ट्राफिक प्रहरीको मात्रै जिम्मेवारी हुँदैन । आम नागरिकको पनि उत्तिकै भूमिका हुन्छ ।

चालक र सडकमा हिँड्ने यात्रु सचेत हुने हो भने दुर्घटना सहज रुपमा कम हुन्छ । सडक सुरक्षाको अर्थ आम नागरिकको सुरक्षा हो भन्ने कुरा बुझ्न जरुरी छ । प्रहरीको अनुसन्धानले पनि चालकको आफ्नै लापरवाहीका कारण दुर्घटना बढी हुने गरेको देखाएको छ । ट्राफिक नियमको बारेमा थाहा नभएका चालक धेरै छन् । जुन दुर्घटनाको कारक बन्ने गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सडक सुरक्षामा पहिलो त आफैं सचेत भई सामूहिक अठोटलाई व्यवहारमा कार्यान्वयन हुनसके मात्रै सडक सभ्यता अभिवृद्धि हुने बताउनुहुन्छ । “सामूहिक अठोटलाई लागू गरौँ र सडक सभ्यताको अभिवृद्धि गरौँ”, खनालले भन्नुभयो ।

नियममा बस्न आफैंले आफैँलाई नियन्त्रण गर्नुपर्ने भन्दै उहाँले थप्नुभयो, “प्रहरीको मात्रै जिम्मेवारी हो भनेर पन्छिनु हुन्न, सामूहिक प्रयास जरुरी हुन्छ ।” उहाँले अहिले प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ सडक सुरक्षासँगै समाजमा हुने अपराध नियन्त्रण र शान्ति सुरक्षा सुदृढ पार्ने रहेको बताउनुभयो ।

नागरिक राम्रो छ, छैन भन्ने कुरा त्यो शहरको ट्राफिक व्यवस्थापनबाट थाहा हुन्छ । मानिसले आफ्नो बानी परिवर्तन गर्नसकेन भने जस्तोसुकै राम्रो प्रयाससमेत असफल हुन जान्छ । यस्ता विषयमा सर्वसाधारण आफैं पनि सचेत र जागरुक हुनुपर्ने उहाँको धारणा छ ।

विश्वमा ट्राफिक जामको समस्या जताततै रहेपनि त्यहाँ व्यवस्थित हुने गरेको तर नेपालमा भने ढिलो हिँड्ने अनि छिटो पुग्ने चाहनाले समस्या उत्पन्न हुने गरेको प्रहरी महानिरीक्षकको अनुभव छ ।

साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितले सडक जाम, ट्राफिक समस्या, भिडभाडले अर्थतन्त्रमा समेत ठूलो असर गरिरहेको बताउनुभयो । यातायात व्यवस्थापनमा ट्राफिक प्रहरीले सङ्घर्ष गरिरहेकोमा प्रशंसा गर्दै उहाँले विस्तारित चक्रपथको १० किलोमिटर क्षेत्र मरणपथ बनेको भन्दै प्रहरीको ध्यानाकर्षण गराउनुभयो । “अब उच्चस्तरीय सार्वजनिक यातायातको आवश्यकता छ, यसका लागि एक खालको नेटवर्क विकास गर्नुपर्छ, जसले अर्थतन्त्र, मानव स्वास्थ्यलाई पनि फाइदा हुन्छ ।” उहाँले भन्नुभयो ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले सवारी चालकमा चेतना र नियमबारे जानकारी कम हुँदा दुर्घटना बढिरहेको बताउनुभयो । ट्राफिक प्रहरीले अहिले हरेक क्षेत्रमा क्षमताले भ्याएसम्म सडक सुरक्षामा काम गरिरहेको र प्रहरीकै अगुवाइमा कोरिडोर सडक खोल्ने कामसमेत भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ट्राफिक प्रहरीको अगुवाइमा अहिलेसम्म काठमाडौँको बालकुमारी, धोबीखोला, विष्णुमती सडक कोरिडोर खुलाएको, रातो पुल, कालो पुल, सेतो पुल, भत्केको पुल, नयाँ बसपार्क अण्डरपास सञ्चालन गरिएको छ ।

यस्तै सवारी जाँचपास, हर्न बजाउने विरुद्धको कारवाही, प्रदूषण चेकजाँच, सडक सरसफाइका कार्यक्रम नियमित सञ्चालन गरिएको पन्तले जानकारी दिनुभयो । दुर्घटनामा कमी ल्याउन लागि ट्राफिक प्रहरीले कलङ्की–सात दोबाटो–कोटेशोर सडकमा गति नियन्त्रण अभियानसमेत चलिरहेको उहाँले बताउनुभयो । पन्तले थप्नुभयो, “जतिसुकै गरेपनि नागरिकमा चेतना आएन भने सडक सुरक्षा प्रभावकारी हुनै सक्तैन, यसतर्फ ध्यान पुग्नुपर्छ ।”

तीन महीने अभियान अन्तर्गत ट्राफिक प्रहरीले काठमाडौँमा कोरिडोर तथा अण्डरपास व्यवस्थापन, सवारी प्रदूषण नियन्त्रण, सडक रेखाङ्कन, फुटपाथ व्यवस्थापन दुई पाङ्ग्रे सवारीलाई घुम्ती शिक्षा तथा बस पकेट नियमन गर्ने कार्यक्रम सञ्चालन गरेको थियो ।