११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

निजगढ विमानस्थलको काम अन्योल हुँदा सांसद आक्रोशित

निजगढ विमानस्थलको काम अन्योल हुँदा सांसद आक्रोशित
अ अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको विकल्पमा २३ वर्षअघि यकिन गरिएको निजगढ विमानस्थल कुन ढाँचामा बनाउने भन्ने विषय अझै अन्योल रहेको सुनेपछि सांसदहरुले आक्रोश व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट आयोजनाबारे ब्रिफ्रिङ सुनेपछि सांसद जीवन बुढाले “त्यहाँ विमानस्थल बनाउनुपर्छ, गर्नुपर्छ भन्नेमा सबैको एकमत छ, बजेट छ, ठाँउ छ तर पनि काम किन अघि बढन सकेको छैन रु”, भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, “२३ वर्ष बितिसक्दा समेत आयोजनाको मोडालिटी किन बन्न सकेन, आयोजनालाई रोक्न जङ्गल, जनावर र पानीको हिसाब गरेर एक थरी बसेका छन्, छलफलमा २३ वर्ष बित्यो, अरुका भए यति खेर प्लेन चढी सक्थे, अरु मुलुकको वातावरणको कुरा जोडेर आयोजना रोक्ने काम भएको छ, यसलाई चिरेर अघि बढनुपर्छ ।”

समितिका सदस्य रामचन्द्र राईले हालसम्मको निर्माण प्रगतिलाई विश्लेषण गर्दा निजगढ विमानस्थको कुरा दन्ते कथा जस्तो देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आएको डेढ वर्ष भइसक्यो आयोजनाको प्रगति जहाँको त्यही छ, निर्माण गर्नुपर्छ भनेर भाका मात्र मिलाउने होइन, अब जाँगर र अठोटका साथ काम हुनुप¥यो ।”

सांसद रामप्रीत पासवानले भन्नुभयो, “समितिले दिएको निर्देशन कार्यान्वन खै रु अहिलेसम्म आयोजना निर्माणको मोडालिटीको निर्णय नहुनुमा कसको दोष छ रु” सांसद खीमलाल भट्टराईले राजनीतिक रुपमा एउटै मन भएको नेपालको ड्रिम प्रोजेक्टलाई अब द्रूतगति प्रदान गर्न यस विषयमा फैलाइएको अफवाहलाई चिरेर अघि बढनुपर्ने बताउनुभयो ।

सांसद सुरेन्द्र पाण्डेले भन्नुभयो, “डेढ वर्षअघि बैठकमा आयोजनाको जे प्रगति प्रतिवेदन दिइएको थियो, अहिलेसम्म आइपुग्दा जहाँको त्यहीँ छ, प्रगति शून्य छ, कुन मोडलमा अघि बढने भन्ने गन्तव्य अझै सुनिश्चित छैन, डीपीआर, मोडालीटी र रुख कटाउने विषयमा कुनै प्रगति भएको छैन ।”

पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले सन् १९९७ मा त्रिभुनव विमानस्थलको विकल्पका रुपमा अघि बढाउनुपर्छ भनेर यकिन भएको आयोजनालाई अघि बढाउन सरकारले छिटोभन्दा छिटो मोडालिटीबारे निर्णयमा पुग्न आवश्यक रहेको बताउनुभयो । भैरहवा र पोखरा विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्प हुनै नसक्ने जिकिर गर्दै उहाँले भन्नुभयो, “टाइम इज मनी, यो आयोजना र काठमाडौँ तराई मधेश जोड्ने द्रुतमार्ग निर्माण नभएसम्म मुलुक नयाँ युगमा प्रवेश गर्नै सक्दैन ।”

नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आयोजनाका लागि आवश्यक १११ विघामध्ये ६५ विघा जग्गा अधिग्रहण तथा वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेको हुँदा अब रुख कटान गर्न समितिबाट निर्देशन आवश्यक रहेको बताउनुभयो । उक्त आयोजनाका लागि १० लाख रुख काट्नुपर्ने र सोबापत करोड ५० लाखको सङ्ख्यामा वृक्षरोपण गर्न स्थान अभाव हुने कुरासमेत चर्चामा रहँदै आएको छ ।

आयोजना प्रमुख ओम शर्माले विमानस्थलभित्र पर्ने टाँगिया बस्तीलाई स्थानान्तरणका लागि नजिकमा रहेको जतारा जडिबुटी क्षेत्र उपयुक्त भएको हुँदा त्यहाँका लागि निर्देशन होस् भन्दै प्रदेश नम्बर नं २ का विभिन्न क्षेत्रमा सोध भर्नाबापत वृक्षरोपण गर्न सकिने खाका प्रस्तुत गर्नुभयो ।

बैठकमा सरकारले आफनै खर्चमा आयोजनालाई पहिलो चरणमा अघि बढाउन विभिन्न महानुभावले सुझाव दिँदै उहाँले, भन्नुभयो, “सरकार आफैँ कन्फुजमा छ, कुन मोडलमा निर्माण गर्ने भन्ने आजको आवश्यकता हो, त्यो निर्णय आओस्, तर सरकार आफैँले बनाउँदा उचित हुन्छ ।”

सो अवसरमा केही समयअघि सम्पन्न लगानी सम्मेलनका क्रममा केही लगानीकर्ताले उक्त आयोजनाका लागि चासो व्यक्त गरेको हुँदा एक वर्षसम्म आयोजना कसरी अघि बढाउने भन्ने सन्दर्भमा निर्णय लिन नसकिने पनि जानाकारी गराइयो । सभापति दिलकुमारी रावलले आयोजना कुन ढाँचा सञ्चालन गर्ने हो त्यसबारे छिटो निर्णयमा पुग्न सरकारलाई निर्देशन दिने बैठकबाट निर्णय भएको जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले आयोजना कुन मोडलमा सञ्चालन गर्ने भन्नेबारेमा छलफल भइसकेको जानकारी दिनुभयो । विसं २०७३ मा तयार गरिएको आयोजना प्रतिवेदनले उक्त आयोजनाको लागन रु एक खर्ब २० अर्ब लाग्ने प्रारम्भिक अनुमान गरेको थियो ।