५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटी र उपविजेता आर्सनलले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदान इतिहाडमा खेलको नवौं मिनेटमा नै एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा रिकार्डो कालाफिओरीले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए ।

यता, पहिलो हाफको इन्जुरी समयमा गाब्रियलले गोल गर्दै पाहुना टोली आर्सनललाई २–१ ले अघि बढाए । उनले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गरेका थिए ।

अर्कोतर्फ पहिलो हाफको इन्जुरी समय नै आर्सनललाई महँगो साबित भयो । लियान्ड्रो ट्रोसार्डले दोहोरो पहेँलो कार्डपछि रातो कार्ड खाएर बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटियो ।

यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई हारबाट जोगाए । यो नतिजासँगै सिटी ५ खेलबाट १३ अंकका साथ शीर्षस्थानमा छ भने ११ अंकसहित आर्सनल चौंथो स्थानमा छ ।