१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटी र उपविजेता आर्सनलले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदान इतिहाडमा खेलको नवौं मिनेटमा नै एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा रिकार्डो कालाफिओरीले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए ।

यता, पहिलो हाफको इन्जुरी समयमा गाब्रियलले गोल गर्दै पाहुना टोली आर्सनललाई २–१ ले अघि बढाए । उनले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गरेका थिए ।

अर्कोतर्फ पहिलो हाफको इन्जुरी समय नै आर्सनललाई महँगो साबित भयो । लियान्ड्रो ट्रोसार्डले दोहोरो पहेँलो कार्डपछि रातो कार्ड खाएर बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटियो ।

यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई हारबाट जोगाए । यो नतिजासँगै सिटी ५ खेलबाट १३ अंकका साथ शीर्षस्थानमा छ भने ११ अंकसहित आर्सनल चौंथो स्थानमा छ ।