७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । क्यानडाका लागि नाभिनित धालिवाले सर्वाधिक ८७ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै, ललित राजवंशी, गुलशन झा र करण केसीले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर १ बलमा अल आउट हुँदै १ सय ८१ रन बनाएको थियो । सन्दीप लामिछानेले सर्वाधिक ४९ रन बनाए । गुलशन झाले ३४, करण केसीले २४, सोमपाल कामीले २१, आरिफ शेख र अर्जुन साउदले १०–१० रन बनाए । नेपालका शीर्ष मध्य क्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपालले क्यानडालाई बलियो लक्ष्य दिन सकेन ।

क्यानडाका लागि कलिम सानाले ३ विकेट लिए । यस्तै, डिलोन हेलिगर र हर्ष ठाकेरले २–२ विकेट लिए भने प्रवीन कुमार र साद विन जाफरले १–१ विकेट लिए ।

यसअघिका खेलमा नेपाल क्यानडासँग १ सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो । त्रिदेशीय श्रृङ्खलामा अब नेपालले अन्तिम खेल भोलि ओमानसँग खेल्नेछ । ८ टोलीको सहभागिता रहेको लिग–२ मा यो जितपछि क्यानडा १४ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

नेदरल्यान्ड्स १२ अङ्कका साथ दोस्रो स्थानमा छ । २ अङ्कका साथ नेपाल अङ्कतालिकाको पुछारबाट दोस्रोमा छ । छैटौँ स्थानमा रहेको ओमानको ५ अङ्क छ ।