११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

यार्साको राजश्वका विषयमा विवाद हुँदा कुटाकुट

यार्साको राजश्वका विषयमा विवाद हुँदा कुटाकुट
अ अ+ अ-
file-photo

काठमाडौं । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा कर्मचारीबीच झडप हुँदा कार्यालय प्रमुख घाइते भएका छन् । आक्रमणमा संलग्न भएको भन्दै सात कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व उठाएर कार्यालयमा फर्किएका चार जना कर्मचारीले मदिरा सेवन गरेर कार्यालय प्रमुख प्रमोदकुमार यादवमाथि आक्रमण गरेको थियो । यार्सागुम्बा सङ्कलनकर्ताबाट टोलीमा सात जना कर्मचारी रहेको थियो । असार ८ गते बिहान सेनाको सुरक्षासहित निकुञ्जको पोष्टबाट आएका सात कर्मचारीले कार्यालय प्रमुख प्रमोदकुमार यादवलाई दुनैस्थित बैंकमा रकम जम्म गर्न अनुमति मागेका भए पनि कार्यालय प्रमुखले पूरै हिसाब नहेरी जम्मा नगर्न अनुरोध गरेपछि कर्मचारी र कार्यालय प्रमुखबीच विवाद बढेको थियो ।

कार्यालय प्रमुखको आग्रह विपरीत सात कर्मचारीले निकुञ्जमा उठाएको रु ७० लाख रकम बैंकमा जम्मा गरिसकेको पाइएको छ । रकम जम्मा गरी आएका सात जना कर्मचारीलाई सुलिगाड निकुञ्जको कार्यालयमा बिहान ११ बजे सुरक्षाका लागि खटिएको सेनाले जाँच गर्दा थप विवाद भएको थियो । जाँचपछि शान्त रहेका कर्मचारी देवेन्द्र जिसी, मनिकृष्ण पाण्डे, हरि रावल, डिल्ली सुनार, महेश्वर रावल, खगेन्द्र भण्डारी, प्रकाश बुढाले बेलुकी मदिरा सेवन गरेर कार्यालय प्रमुख यादवमाथि हातपात गर्नुका साथै अपशब्द बोलेर आक्रमण गरेको प्रमुख सूचना अधिकारी छत्र खड्काले बताउनुभयो ।

निकुञ्जबाट आएका सात जना कर्मचारीले र कार्यालयमा रहेका कार्यालय प्रमुख प्रमोदकुमार यादव, गोपाल खनाल, छत्र खड्का, अरुण चौधरीमाथि आक्रमण गरेको आरोप लागेको छ । झगडालाई नियन्त्रणमा लिनका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको बताएको छ । उता सात जना कर्मचारीले आफूहरुलाई सेनाले कुटपिट गरेको आरोप लगाएका छन् । बैंकमा रकम जम्मा गरेको भन्दै आफूहरुमाथि कार्यालय प्रमुखको निर्देशनमा सेनाले कुटपिट गरेको आरोप लगाएका छन् ।

अहिले कार्यालय प्रमुखमाथि कुटपिट गरेको भन्दै सात जना कर्मचारी प्रहरीको नियन्त्रणमा रहेका छन् । निकुञ्जले हातपातमा संलग्न कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरी पक्राउ गर्न लगाएको हो । पक्राउ परेकामध्ये दुई जनालाई आर्थिक अनियमितता गरेको भनी पटक पटक जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण सोधिएको निकुञ्जले बताएको छ । यता पक्राउ परेका कर्मचारीलाई छुटाउनका लागि आधिकारिक टेड युनियानले ज्ञापनपत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीलाई तत्काल नछोडे कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।

यो वर्ष डोल्पामा रु तीन करोड राजश्व सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताउनुभयो ।