७ आश्विन २०८१, सोमबार
,
Latest
प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाद्वारा श्रीलंका ९ विकेटले पराजित



अ+ अ-

काठमाडौं । इङ्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ।

विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिसकेको दक्षिण अफ्रिकाको जारी प्रतियोगितामा यो दोश्रो जित हो।हिजो भएको खेलमा पहिले ब्याटिङ गर्दै श्रीलंकाले ४९.३ ओभरमा अलआउट हुँदै दक्षिण अफ्रिकालाई २०४ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा आएको दक्षिण अफ्रिकाले सो लक्ष्य ३७.२ ओभरमा मात्र एक विकेको नोक्सानीमा प्राप्त गरेको थियो।

दक्षिण अफ्रिकाको जितमा कप्तान फाफ डु प्लेसिस र हाशिम अमलाले क्रमशः अविजित ९६ र ८० रन बनाएका थिए। दक्षिण अफ्रिकाको जितमा यी दुईको साझेदारी नै पर्याप्त रह्‍यो।

यस्तै अफ्रिकाको लागि क्वींटन डि ककले १५ रनको योगदान दिए। श्रीलंकाका लागि एकमात्र विकेट लसिथ मांलिगाले लिए।

यता रिभरसाइड मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २०३ रन बनाएको थियो ।

सुरुवातमै दबाबमा आएको श्रीलंकाले राम्रो प्रदर्शन गर्न सकेन । श्रीलंकाका लागि कुशल परेरा र अभिश्का फेर्नान्डोले समान ३०–३० रन बनाए । त्यस्तै, धनन्जय डि सिल्भाले २४ र कुशल मेन्डिसले २३ रन बनाए ।

बलिङतर्फ क्रिस मोरिस र डवाइन पिटरियसले समान ३–३ विकेट लिए । त्यस्तै, कागिसो रबडाले दुई विकेट लिए ।