१९ भाद्र २०८३, शुक्रबार
,
Latest
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जमलमा जीप दुर्घटना, गाडीमा सवार सबै व्यक्तिहरु फरार



अ+ अ-

काठमाडौं । राजधानीको जमलमा जीप दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

ठमेलबाट जमल जाँदै गरेको बा. ११ च ३६०४ नम्बरको जीप बिहान ६ बजे तिब्र गतिमा गुडीरहेको जीप एक्कासी बारमा रोक्किएर उत्तानो परेको हो ।

दुर्घटनामा घाइते तीन जनालाई उद्धार गरी ग्रान्डी सिटी अस्पतालमा पुर्‍याइए पनि प्राथमिक उपचारपछि तीनै जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

चालकसहित जीपमा रहेका सबै व्यक्तिहरु फरार भएपछि प्रहरीले उनीहरुलाई किन भागे भन्ने विषयमा आशंका बढेकाले खोजी कार्य तिब्र पारेको जनाइएको छ ।