७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा वृक्षरोपण शुभारम्भ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडकखण्डमा आज वृक्षरोपण शुभारम्भ गर्नुभएको छ । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको शुभारम्भ गर्नुभएको हो । वृक्षरोपण गर्दै उहाँले यसबाट काठमाडौँ उपत्यकालाई हराभरा पार्न मद्दत पुग्ने बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा विभागीयमन्त्री शक्तिबहादुर बस्नेत, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललगायतले वृक्षरोपण गर्नुभएको थियो ।

चालू आर्थिक वर्ष २०७५/७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडकखण्डमा ठाउँ ठाउँमा १० प्रकारका दुई हजार ७०० बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ । देशभर चालू आवमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने बताइएको छ ।